२२ असार २०८३, सोमबार
,
Latest
सरकारी जग्गा ओगटेर बनेका ट्रेड युनियनका भवन तीन दिनभित्र खाली गर्न मन्त्रालयको निर्देशन सिद्धार्थ बैंकविरुद्ध कीर्ते कागजात तयार गरी कलोसूचीमा रहेको कम्पनीको नाममा करोडौँ कर्जा प्रवाह गरेको आरोप सरकारका सय दिन उत्साहजनक छैनन्, लोकतान्त्रिक विधि र प्रक्रिया मिचियोः अर्जुननरसिंह केसी कोशी प्रदेशसभाः विषयगत मन्त्रीले दिनुभयो जवाफ सरकार उत्तरदायित्वबाट पन्छियो, सय दिनको उपलब्धि शुन्यः सांसद थेबे प्रतिनिधिसभाः बाध्यकारी श्रम महासन्धिको प्रोटोकलमाथि छलफल मल वितरणमा सरकारी संयन्त्र चुस्तः १९ दिनमै साढे ४० हजार मेट्रिकटन आपूर्ति मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य निजगढलाई वैकल्पिक अन्तरराष्ट्रिय विमानस्थलका रूपमा अगाडि बढाइन्छ : मन्त्री पौडेल नेपाल स्टक एक्सचेन्जका सीईओको राजीनामा स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायक सपुतलाई कोरोना संक्रमण पुष्टि



अ+ अ-

काठमाडौं । गायक प्रकाश सपुतलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई कोरोना पोजिटिभ देखिएको सामाजिक संजाल मार्फत जानकारी दिएको हो । 

काठमाडौं मेडिकल कलेजमा स्वाब दिएपछि रिर्पोट पोजिटिभ आएको उनले जानकारी दिएको छ । शरिर दुख्ने, गल्ने, छटपटि हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने जस्ता लक्षण देखा परेपछि उनले स्वाब दिएका थिए । 

हाल सपुथ होम आइसोलेसनमा बसेका छन् । उनको अबस्था सामान्य रहेको पनि जानकारी दिएका छन् । उनले आफुसँग सम्पर्कमा आएको सबैलाई पिसिआर टेस्ट गर्न आग्रह गरेका छन् ।

उनले लेखे, "कोरोना जित्न सकिन्छ भन्ने आत्मबल त राखौ तर यसलाई सामान्य भने नठानौ । किनकि लक्षण सामान्य भएपनि यसले निकै हतोत्साहि बनाउने रहेछ । सतर्कता अपनाउ । सुरक्षित बसौ १ आसा राखौ यो माहामारी छिट्टै टरेर जानेछ । हामी जिवनको पुरानै लयमा फर्किने छौ । "