• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

प्रधानमन्त्रीको अमेरिका भ्रमणमा शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन सहयोग माग्नेकुरा पहिलो प्राथमकितामा छ: माओवादी



काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले शान्ति प्रक्रियालाई निस्कर्षमा पुर्‍याउनुको विकल्प नरहेको बताउनुभएको छ ।

शनिवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्रीको अमेरिका भ्रमणमा पनि शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने कुरामा विदेशी निकायहरुको सहयोग माग्ने कुरा पहिलो प्राथमिकतामा रहेको बताउनु भयो ।

उहाँले शान्ति प्रक्रिया एक हिसावमा सफल भइसके पनि निस्कर्षमा पुर्‍याएर एक प्रकारले घोषणा गर्न मात्रै बाँकी रहेको उल्लेख गर्नुभयो । उहाँले प्रधानमन्त्रीको अम्ेरिका भ्रमणमा मौलिक रुपमा आफ्नो विशेषतासहितको शान्ति प्रक्रिया अघि बढाइरहेका छाँै भनेर विश्व समुदायलाई अपिल गर्नुहुने काम मुख्य प्राथमिकतामा रहेको बताउनु भयो । उहाँले शाीन्त प्रक्रिया १८ वर्ष लागिसक्दा पनि निस्कर्षमा पुर्‍याउन नसक्नु राष्ट्रिय कमजोरी रहेको बताउनु भयो । उहाँले खासगरी तीन दल नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस, नेकपा एमाले र अन्य सबै दलहरुसँग सहमति गरेर शान्ति प्रक्रिया टुंगो लगाउने प्रयास भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘भ्रमणमा प्रधानमन्त्रीले मुख्यकुरा शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन सहयोग माग्ने रहेको छ । शान्ति प्रक्रिया भनेको यो नेपालको मौलिक चार चोटिसम्म निर्वाचन भइसकेपछि एक प्रकारले भन्यो भने कानूनले निश्चित गर्न मात्रै बाँकी हो की त्यो शान्ति प्रक्रिया त सफल भइसक्यो । शान्ति प्रक्रिया शुरु भइसकेपछि चार वटा निर्वाचन भइसके । यो धेरै ठूलो सफलता हो । तर फेरि यति ठूलो सफलता हुँदाहुँदै पनि सेना समायोजन भइसक्यो, अरु काम भइसके । तर पनि यसलाई निस्कर्षमा पुर्‍याएर एक प्रकारले घोषणा गर्न बाँकी छ । त्यो घोषणा गर्न विभिन्न खेलहरु भइरहेका छन् । विभिन्न समस्या आइरहेका छन् । यसलाई निस्कर्षमा पुर्‍याउन मुख्य राष्ट्रिय परिस्थिति नै अनुकुल बनाउनु पर्छ । त्यसमा अन्तर्राष्ट्रिय समुदायको पनि धेरै महत्वपूर्ण भुमिका हुन्छ ।

यस कारण उहाँले यहाँ गर्नुपर्ने कामको प्रतिवद्धता जनाउनु हुनेछ, दोस्रो विश्व समुदायलाई हामीले मौलिक रुपमा आफ्नो विशेषतासहितको शान्ति प्रक्रिया अघि बढाइरहेका छाँै भनेर विश्व समुदायलाई अपिल गर्नुहुनेछ । यसको निस्कर्षमा पुर्‍याउन र टुंगोमा पुग्यो भनेर घोषणा गर्नका लागि तपाईहरुको सहयोग चाहिन्छ भनेर अपिल गर्नुहुनेछ । शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउनु त साझा समस्या, राष्ट्रिय समस्या हो नि । कुनै पार्टी र सरकार विशेषको, नेता विशेषको होइन । यो त ६२ देखि ८० १८ वर्ष लागिसक्दा पनि निस्कर्षमा पुर्‍याउन नसक्नु राष्ट्रिय रुपमा कमजोरी हो । त्यसैले यसलाई हर हालतमा टुंग्याउनु पर्छ भनेर यसलाई १ नम्बरमा राखेर गरेका छौँ । प्रधानमन्त्रीज्युले सबैभन्दा धेरै समय यसमै खर्च गर्नुभएको छ । खासगरी तीन दल नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस, नेकपा एमाले र अन्य सबै दलहरुसँग सहमति गरेर जाने कोशिष भइरहको छ । शान्ति प्रक्रियालाई निस्कर्षमा पुर्‍याउनुको विकल्प छैन ।’

माओवादीले सरकारले थालेका भ्रष्टाचारबिरुद्धका, मिटरब्याजीलाई कारबाही गर्ने, सुन प्रकरण, नक्कली भूटानी शरणार्थी प्रकरण, बालुवाटार जग्गा प्रकरणका विषयहरु टुंगोमा पुर्‍याउन दबाब दिएको छ ।