२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar नेपालको रग्बीलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

दम्पती हत्याको आरोपमा सात जना कारागार चलान

दम्पती हत्याको आरोपमा सात जना कारागार चलान
अ अ+ अ-

जलेश्वर । एक दम्पतीको हत्या प्रकरणमा पक्राउ परेका सात जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । घरमा सुतिरहेका अवस्थामा महोत्तरीको पिपरा गाउँपालिका–५ का ६५ वर्षीय मुसाफिर झा र उनकी ५८ वर्षीया पत्नी गीतादेवीलाई गत फागुन १० गते राति ओछ्यानसहित बेपत्ता पारी हत्या गरेको आरोपमा जिल्ला अदालत महोत्तरीेले पक्राउ परेका सात जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

अदालतका श्रेस्तेदार मदनप्रसाद जयसवालका अनुसार हत्या भएका झा दम्पतीका छोरा मनिषको जाहेरीका आधारमा वादी नेपाल सरकार भएको अपहरण, शरीर बन्धक, ज्यान सम्बन्धी कसुर, अपराधिक षड्यन्त्र, लागुऔषध र चोरी मुद्दाका प्रतिवादी सात जनालाई पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाइएको छ । न्यायाधीश डा रमेशप्रसाद रिजालको इजलासले प्रतिवादी कैलाश झा, हरेन्द्र ठाकुर, रामबाबु यादव, सुरेन्द्र यादव, राजेन्द्र भनिने राजिन्द्र यादव र  विकास भनिने बबलु झालाई थुनामा राखी मुद्दाको कारबाही गर्ने र तारादेवी झालाई रु दुई लाख धरौटीमा तारेखमा राखी मुद्दाको कारबाही गर्ने आदेश भएकोमा तारादेवीले धरौटी रकम बुझाउन नसक्दा उनीसहित सातै जनालाई पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाइएको हो ।

 घटनामा संलग्न रन्जित मिश्र र तेजनारायण झाका हकमा पक्राउ पूर्जी म्याद जारी गर्न आदेश भएको हो । गत फागुन १० गते सुतेकै अवस्थामा घरबाट गायब  झा दम्पतीको शव गत चैत १२ गते प्लाष्टिकका बोरामा राखेर गाडिएका अवस्थामा भेटिएको थियो । पिपरा गाउँपालिका–२ स्थित पिपरा–धिरापुर सडकखण्डमा गत वर्ष बाढीले २० फिट गहिरो हुने गरी माटो बगाई बनाएको खाल्डो पुर्ने क्रममा स्काइभेटरको बकेटमा कङ्काल रहेको बोरा भेटिएपछि झा दम्पतीको पत्तो लागेको थियो । 

घटनामा संलग्न नौ जनामध्ये जिल्ला प्रहरी कार्यालय महोत्तरीले सात जनालाई पक्राउ गरी मुद्दा चलाएर जिल्ला अदालतमा उपस्थित गराएकामा सातै जना जेल चलान भएका हुन् । घटनामा संलग्न अन्य दुईको खोजी  जारी रहेको महोत्तरीका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले बताउनुभयो । रासस