काठमाडौं । कोभिड(१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को बैठक सिंहदरबारमा जारी छ । सिंहदरबारमा सीसीएमसीको बैठक बसिरहेको उपप्रधधानमन्त्री तथा सीसीएमीका संयोजक ईश्वर पोखरेलको प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिनुभयो ।
उक्त बैठकमा कोभिड-१९ नियन्त्रणका विषयमा थप छलफल हुने बताइएको छ । साथै केही निर्णय पनि हुने अनुमान लगाइएको छ । सीसीएसी बैठकको सिफारिसका आधारमा सरकारले निर्णय गर्दै आएको छ ।











