२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar नेपालको रग्बीलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

छिमेको होस् त चीन जस्तो

छिमेको होस् त चीन जस्तो
अ अ+ अ-

'आफूले भनेजस्तो घर किन्न सकिन्छ तर छिमेकी किन्न सकिन्न।'

नेपालीमा प्रचलित यो भनाइले छिमेको महत्व झल्काउँछ। कतिपय मान्छेहरु छिमेकीकै कारणले बसाइ सरेका उदाहरण प्रश्वस्त छन्। एउटा व्यक्तिका लागि छिमेकी फेर्न सजिलो छ। घर बेचेर कतै टाढा बसाइ सरे भैहाल्यो। तर एउटा देखका लागि नि?अहँ छिमेकी फेर्न कसैगरे पनि सकिन्न। बरु त्यही छिमेकीसँग सम्झौता गर्नुको विकल्प रहँदैन।

नेपालको दुवै छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध छ। तर कतिपय अवस्थामा भारतको हेपाहा नीति र बलमिच्याइले गर्दा नेपालीहरु भारतजस्तो छिमेकी कसैलाई नपरोस् भन्न पनि पछि पर्दैनन्। दक्षिणबाट पीडा पाउँदा उत्तरी छिमेकीबाट भने नेपालले सद्भाव, सहयोग, मैत्रीपूर्ण व्यवहार र निस्वार्थ माया पाइरहेको छ। तब न भनिन्छ नेपाल र चीनबीचको सम्बन्ध सगरमाथाजस्तै उच्च र हिउँजस्तै स्वच्छ रहेको छ।

चीनले नेपाललाई जस्तै सहयोग अन्य छिमेकी मुलुकहरुलाई पनि गर्दै आएको छ। पछिल्लो समय कोरोना महामारीको भुँवरीमा फसेको भारतलाई चीनले सहयोग प्रदान गर्दै सच्चा छिमेकीको उदाहरण पेश गरेको छ।

अप्रिल २९ तारिख बिहीबार चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले भारतीय समकक्षी एस जयशंकरलाई एक पत्र लेख्दै भनेका छन् 'भारतमा देखिएको कोरोनाको नयाँ वेभले निकै ठूलो क्षति पुर्याएको छ। भारतले भोगिरहेको यो पीडाप्रति चीन सान्त्वना प्रकट गर्छ। कोरोना भाइरस सबैको साझा शत्रु हो र यस विरुद्धको युद्धमा चीन भारतसँग सहकार्य गर्न तयार छ।'

चिनियाँ नेता वाङले तत्कालै भारतलाई सहयोग उपलब्ध गराउने कुरा पनि पत्रमा लेखेका छन्। सोही दिन साँझ भारतका लागि चिनियाँ राजदूत सुन वईतोङले चिनियाँ भन्सार विभागलाई उद्धृत गर्दै चीनले भारतलाई ५ हजारभन्दा बढी भेन्टिलेटर, २१ हजार ५ सय ६९ वटा अक्सिजन जेनेरेटर, २ करोड १४ लाख ८० हजारभन्दा बढी मास्क र ३ हजार ८ सय टन औषधि उपलब्ध गराएको ट्वीटरमा लेखेका छन्।

शुक्रबार बेइजिङबाट प्रकाशित पिपुल्स दैनिक पत्रिकाले लेखे अनुसार पहिलो चरणमा पठाइएका अक्सिजन जेनेरेटरहरु भारतमा पुगिसेका छन्। चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ता काओ फङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा भने 'कोरोना महामारी नियन्त्रणका लागि चीन भारतसँग सहकार्य गर्न तयार छ।'

यतिबेला भारतमा कोरोना महामारीबाट दैनिक संक्रमित थपिनेको संख्या चार लाखको हाराहारीमा पुगेको छ। अहिलेसम्म भारतमा कोरोनाबाट मर्नेको संख्या २ लाखभन्दा बढी पुगिसकेको छ। भारतमा कोरोना महामारी भयङ्खर हुँदै गएपछि अप्रिलको २३ तारिख बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ लिच्यानले भारतमा महामारीको अवस्था बिग्रदै आएको थाहा पाएर चीनले भारतप्रति समवेदना र सान्त्वना व्यक्त गर्नुका साथै भारतको माग गरेमा सहयोग उपलब्ध गराउने बताएका थिए। प्रवक्ता चाउले चीन सरकार र चिनियाँ जनताले भारत सरकार र भारतीय जनतालाई महामारीप्रतिरोधका लागि सहयोग दिने बताउँदै भारतले चाँडै महामारीलाई पराजित गर्ने विश्वास चीनले लिएको पनि उल्लेख गरेका थिए।

'आफन्त र छिमेकीलाई खुशी बनाउनुपर्छ' चीनमा यो भनाइ निकै लोकप्रिय छ। आठ वर्ष अगाडि चीनका राष्ट्रपति सी चिन फिङले पोआओ एसिया मञ्चको वार्षिक सम्मेलनमा यो चिनियाँ भनाइ उद्धृत गर्दै चीनले छिमेकी मुलुकसँगको कूटनीतिलाई प्राथमिकता दिएको उल्लेख गरेका थिए।

गत मार्चको मध्यकालदेखि भारतमा कोरोना महामारीको नयाँ वेभ देखिएको हो। मार्चको अन्ततिर विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरे अनुसार, भारतमा दुई पटक 'भेरियन्ट' (उत्परिवर्तित) भाइरस भेटिएको छ। भारतपछि श्रीलंकामा पनि कोभिडको नयाँ भाइरस भेटिएको छ भने बंगलादेशले अप्रिल ५ तारिखदेखि नै लकडाउन गरेको छ। दक्षिण एसियाली मुलुकहरूसामु महामारीको कडा परीक्षा देखा परिरहेको सन्दर्भमा महामारीको सामना गर्न अप्रिल २७ तारिख चीन, अफ्गानिस्तान, पाकिस्तान, नेपाल, श्रीलंका र बंग्लादेशका विदेशमन्त्रीले भिडियो वार्ता गरेका छन्। सोही वार्तामा चीनले दक्षिण एसियाली मुलुकबीच आपतकालीन आपूर्ति आरक्षणको स्थापना गर्ने सुझाव दिँदै सहयोग गर्ने घोषणा गरेको हो।

हालसम्म चीनमा २० करोड व्यक्तिले कोरोनाको खोप लगाइसकेका छन्। चीनले ८० वटा मुलुक र तीनवटा अन्तर्राष्ट्रिय संगठनलाई १० करोडभन्दा बढी कोभिड खोप सहायता दिइसकेको छ। यतिबेला ४० भन्दा बढी मुलुकले चिनियाँ खोप लगाइरहेका छन्।

चीनले सधैँ भन्ने गरेको छ भारतसँग मतभेदभन्दा सहकार्य र साझेदारी बढी छ। भारतीय सीमामा रहेका झिनामसिना मतभेदले वार्ताद्वारा समाधान गर्न सकिने कुरामा चीन ढुक्क छ। तै पनि कहिलेकाहीँ भएका सानातिना दुर्घटना हुन नदिन र दोहोरिन नदिन चीन गम्भीर र सचेत छ।

चीन र भारत ठूला व्यापारिक साझेदार पनि हुन्। चिनियाँ वाणिज्य मन्त्रालयको तथ्याङ्क अनुसार सन् २०२० मा दुई देशबीच भएको व्यापारको मात्रा ८७ अर्ब ६० करोड अमेरिकी डलर रहेको छ। चालु वर्ष सन् २०२१ को पहिलो त्रैमासिक अवधिमा दुई देशबीच भएको व्यापारिक मात्रा २७ अर्ब ७० करोड अमेरिकी डलर रहेको छ। दुई देशबीचको व्यापार हरेक वर्ष ४२ प्रतिशतभन्दा बढीले वृद्धि हुँदै आएको छ।

यतिबेला भारतका विभिन्न प्रान्तमा चुनाव हुँदैछ। चुनावमा मतदाताहरुको ध्यान आकर्षित गर्नका लागि सबै भारतीय राजनीतिक दलहरुले चीन र पाकिस्तानको धुँवाधार विरोध गर्दछन्। यस्ता भाषणले घरायसी मुद्दालाई ओझेलमा पार्ने मतदातालाई भड्काउन सकिन्छ भन्ने भारतीय नेताहरुको बुझाइ छ।

भारतमा महामारी गम्भीर रूपमा फैलाएदेखि धेरै भारतीय तथा विपक्षी राजनीतिज्ञहरूले मोदी सरकारको आलोचना गरिरहेको छन्। विभिन्न विदेशी सञ्चार माध्यममा आएका समाचार अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीले महामारी नियन्त्रणमा प्रभावकारी कदम चाल्नुको सट्टा आफ्नो आलोचनामा आएका ट्वीटरलाई डिलिट गर्नका लागि ट्वीटर कम्पनीसँग अनुरोध गरेर आलोचनामा आएका टिप्पणीलाई हटाउन लगाएका छन्। गैर जिम्मेवार नेताले गर्ने छलछाम र जनताको आवाजलाई कसरी दबाइन्छ भन्ने कुराको यो सानो उदाहरण मात्र हो।

द्वन्द्व र मतभेदहरुलाई थाँती राखेर चीनले छिमेकी देशसँग दीर्घकालीन आदानप्रदान गर्दै आएको छ। चीनको यही नीतिका कारण छिमेकी मुलुकहरुसँग चीनको समग्र सम्बन्ध स्थिर र राम्रो छ। यसको अर्थ छिमेकी मुलुकसँग चीनको केही मतभेद र द्वन्द्व भएता पनि संकटको समयमा चीनले त्यसलाई देखाउँदैन। त्यसकारण चीन सधैं स्पष्ट कुराकानी र मैत्रीपूर्ण परामर्शको सिद्धान्तलाई पालना गर्दछ र निष्कपट ढंगले मतभेदको समाधान गर्दछ।

पछिल्लो समय भारत र चीनबीचमा सीमा विवाद रहँदै आएको छ। दोक्लम समस्या गत हिउँदमा फेरि दोहोरिएको थियो भने लदाकमा भएको भिडन्तले दुई देशबीचको मतान्तरलाई शिखरमा पुर्या एको थियो। भारत र चीनबीचको मुख्य मतभेद पाकिस्तानलाई लिएर हुने गरेको छ। दक्षिण एसियामा सबै मुलुकसँग भारतको सुमधुर सम्बन्ध छैन। त्यसमाथि पाकिस्तान भारतको सदावहार वैरी मानिन्छ। यता चीन र पाकिस्तानबीचको मित्रतालाई स्पातजस्तै दरिलो उपमा दिइन्छ।

पछिल्लो समय चीनसँग सीमा विवादका कारण भारत अमेरिकी गठबन्धनमा बाँधिन पुगेको छ। 'जिउँदाको जन्ती र मर्दाको मलामी'का लागि टाढाको आपन्त होइन नजिकको छिमेकी नै चाहिन्छ भन्ने नेपाली उखानले पुष्टि गरेजस्तै कोरोना महामारीको संकटमा फसेको भारतले अमेरिकाबाट भन्दा चीनबाट सहयोग प्राप्त गरेको छ। भारतमा कोरोना भाइरसका संक्रमित र मृतक संख्याले नयाँ रेकर्ड बनाउँदै गर्दा विश्वकै सबैभन्दा शक्तिशाली मुलुक भनिने अमेरिका चाहिँ भएभरको कोरोना खोप संग्रह गरेर भारतीय पीडामा रमाइरहेको छ।

अत्यधिक भिडभाडका कारण अस्पतालहरू अक्सिजनको अभाव विकराल बनेको छ। विश्व स्वास्थ्य संगठनले जनाए अनुसार विश्वमा धनी देशसँग ८२ प्रतिशत कोरोना खोप रहेको तर गरिब देशको पहुँचमा ०.३ प्रतिशत मात्र रहेको छ। आफ्नो स्वार्थपूर्तिका लागि मात्र अमेरिकाले कुनै देशलाई उचाल्ने गरेको छ। भारतलाई संकट परेको बेला अमेरिका होइन चीन नै चाहिएको छ।

नेपालको उत्तरतिर चीन छ भने दक्षिणतिर भारत। दुई विशाल भूगोल र वृहत अर्थतन्त्र नेपालका छिमेकी हुन्। नेपाललाई संकट पर्दा चीनले गरेको सहयोग उदाहरणीय छँदैछ। भूकम्पको समयमा चिनियाँ उद्दार र सहयोगले सबै नेपालीको मन जितेको थियो। यतिबेला भारतलाई संकट पर्दा चीन उस्तै खुल्ला हृदयले सहयोग गर्न तयार भएको छ। छिमेकमा परेको संकटमोचनमा चीनको निस्वार्थ सहयोग देखेपछि भन्नै परेको छ छिमेकी होस् त चीन जस्तो।