२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar नेपालको रग्बीलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

अहिलेको लकडाउन युद्धबिराम मात्र हो, युद्धको अन्त्य होइनः जनस्वास्थ्यविद डा विराज कर्माचार्य

अहिलेको लकडाउन युद्धबिराम मात्र हो, युद्धको अन्त्य होइनः जनस्वास्थ्यविद डा विराज कर्माचार्य
अ अ+ अ-

डा विराज कर्माचार्य
जनस्वास्थ्यविद

अहिले जेजति संक्रमित छन् उनीहरु अब घरमै हुन्छन् । घर परिवारमा पनि संक्रमित व्यक्तिबाट परिवारका अरु सदस्यहरुमा सरिरहेकै हुन्छ । त्यही भएर एउटा गर्नु पर्ने मुख्य काम टेस्ट र ट्रिट (परीक्षण र उपचार) भनिन्छ, अर्थात् घरमा भएकाहरुलाई अथवा अरु ठाउँमा भएकाहरुलाई अहिलेको निषेधाज्ञा भएको बेलामा संक्रमित भएकाहरु पहिचान गरेर ती संक्रमित भएकाहरुलाई छुट्याउने, उपचार गर्ने र ठीक गर्ने र उनीहरुको सम्पर्कमा आएकाहरुलाई क्वारेन्टाइनमा राखेर वा परीक्षण गर्न थालियो भने हामीले घरघरमा बस्ती बस्तीमा भएका अहिलेका संक्रमितहरुबाट पछि संक्रमण नफैलियोस् भनेर हामीले एउटा ठूलो पूर्व सावधानी बनाउन सकिन्छ । चीनमा पनि उहानमा हुँदाखेरि त्यहाँ गरेको पनि यही नै थियो । लकडाउन गरिसके पछि घरघरमै गएर परीक्षण गरिएको थियो । अहिले पनि हामीले यो परीक्षणलाई बढाउनु पर्दछ ।

दोस्रो, अहिलेका संक्रमितहरु खुला हुनासाथ फेरि बाहिर निस्कन्छन् । संक्रमणको चक्र त उही गति र चक्रमा जान्छ । लकडाउनले के फाइदा हुन्छ भने एकै पटक धेरै बिरामीको संख्या नभै अलिकति लामो समय पारेर संक्रमितको संख्या बढ्छ । त्यो हुनाले स्वास्थ्य संरचनालाई त्यति धेरै भार हुँदैन । तर यो भन्नुको अर्थ के हो भने निषेधाज्ञा हुँदाखेरि अहिले हामीसँग रहेका तर अपर्याप्त स्वास्थ्य संरचनाहरुलाई पुनः तयार बनाउन एक घण्टा पनि समय खेर फाल्नु हुँदैन । लकडाउन खुलेपछि संक्रमितको संख्या त अवश्य बढ्छ, र त्यसका लागि पनि यी संरचनालाई व्यापक बनाउन जरुरी छ । त्यसको तयारीमा लाग्नु पर्छ जस्तै बेड थप्ने, अक्सिजनका सिलिन्डर बढाउने इत्यादि ।

तेस्रो, लकडाउनमा पनि जुन संक्रमित आउँछन् उनीहरुको व्यवस्थापनका लागि पनि अहिले भएका स्वास्थ्य संरचनालाई पनि पूर्ण रुपमा प्रयोग गर्नु पर्दछ । अहिले पनि स्वास्थ्य संरचनाहरु जहाँ अक्सिजन छ, जहाँ सामान्य व्यवस्था गर्न सकिन्छ, त्यहाँबाट उपचार दिन सकिन्छ । कोभिड भएकाहरु सबैलाई ठूल्ठूला अस्पतालमै लैजानु पर्छ भन्ने छैन । शुरु शुरुको अवस्थामै बिरामीलाई अलिअलि गाह्रो हुन थाल्नासाथ बिरामीलाई उपचार गर्न सकियो भने धेरैको ज्यान बचाउन सकिन्छ । अहिलेकै अवस्थामा पनि हामीले हजारौंको ज्यान बचाउन सक्दछौं । त्यसका लागि प्राथमिक र द्वितीय स्तरका स्वास्थ्य केन्द्रहरुलाई पनि हामीले तयार गर्नु आवश्यक छ ।

कसरी नियन्त्रण हुन्छ ?

अहिले, संक्रमित अत्यधिक बढिरहेको ठाउँबाट बाहिर बाहिर मानिसको यात्रा हुँदा यसले संक्रमण फैल्याउने सम्भावना निकै बढ्छ । गाउँगाउँमा संक्रमण फैलिन सक्ने ठूलै सम्भावना छ । त्यही भएर अहिले संक्रमित क्षेत्रबाट संक्रमण धेरै नभएका क्षेत्रमा गएका व्यक्तिहरुले जानासाथ परिवार तथा छरछिमेकसँग हेलमेल गर्न हुँदैन । कमसेकम १० दिन क्वारेन्टिनमा बस्नु पर्दछ । यदि आफूमा कुनै लक्षण देखिएको भए जाँच गराएर मात्रै परिवार तथा छरछिमेकसँग हेलमेल गर्नु पर्दछ । अन्यथा केही ठाउँमा केन्द्रित रहेको संक्रमण गाउँगाउँमा पुग्ने सम्भावना रहन्छ ।

कहिले जाने अस्पताल ?

निकै गाह्रो भएपछि मात्र अस्पताल जानुपर्छ भन्ने गल्ती कसैले पनि गर्नु हुँदैछ । हो, धेरैजसो बिरामीलाई खासै केही समस्या हुँदैन । लगभग ८० प्रतिशत बिरामीलाई घरमै राम्रोसँग खाइपिई राम्रोसँग बस्दा राम्रो हुन्छ, तर २० प्रतिशत जति त अस्पताल जानु पर्दछ । कतिबेला अस्पताल जाने ? रोगले कति च्यापेको छ, बिरामीलाई कति कठिनाई भएको छ भन्ने कुराले निक्र्यौल गर्दछ । अलिकति गाह्रो हुनासाथ जानु पर्दछ । संक्रमितहरु सबैले आफ्नो घरमा एउटा पल्स अक्सिमिटर राख्नु पर्दछ किनभने कोभिडमा अक्सिजनको मात्रा घट्दै जाने हो । त्यो दिनहुँ हामीले हेर्नु पर्दछ । अक्सिजनको स्तर सामान्यतया ९२ पुग्न थालेपछि घरमा बसिरहनु हुँदैन । त्यसपछि अस्पतालमा गएर अक्सिजन लिएर केही साधारण औषधिहरु छन् ती चलाइसके पछि त्यो थप बिरामी हुनबाट जोगिन्छ । तर होइन, अझै गाह्रो भएपछि मात्र जान्छु भन्यो भने यो रोगले बढी च्याप्छ । यो रोगले १२–२४ घण्टामा नै फोक्सोलाई एकदमै खराब बनाइदिन्छ । ढिलो हुँदा संक्रमितलाई बचाउन एकदमै गाह्रो हुन्छ ।

आइसियु र भेन्टिलेटर तुरुन्तै चाहिन्छ ?

शुरुमा जाँदा आइसियु, भेन्टिलेटर केही चाहिन्न । कोभिड बिरामी अस्पताल भर्ना हुनु भनेको आइसियुमै, भेन्टिलेटरमै राख्ने भन्ने होइन । जनमानसमा देखिएको यो भ्रम हो । अधिकांश कोभिड बिरामी शुरुको अवस्थामा अस्पतालमा गएको खण्डमा अक्सिजन र साधारण औषधिबाट पनि धेरै राम्रोसँग उपचार गर्न सकिन्छ । तर निकै गाह्रो भएपछि मात्र अस्पताल जान्छु भन्ने गल्ती कसैले पनि गर्नु हुँदैन ।

पूर्वाधारको कमी हो ?

हो, हामीसँग स्वास्थ्यको पूर्वाधारको कमी पक्कै छ । तर हामीसँग उपलब्ध पूर्वाधारलाई हामीले पूरै उपयोग गरिसकेको जस्तो मलाई लाग्दैन । अहिले सबै अस्पतालहरुले अत्यावश्यक र कोभिड बिरामीको उपचारलाई पहिलो प्राथमिकता दिनु पर्दछ । कुन अस्पतालले कुन स्तरको कोभिडका बिरामी उपचार गर्नु पर्दछ भनेर योजना बनाउनु पर्दछ ।

धेरै मुलुकले अस्पतालहरुमा रातारात ठुल्ठूला आइसोलेसन सेन्टरहरु बनाएका उदाहरण छन् । हामीले पनि यहाँ अक्सिजन र बेड सहितको आइसोलेसन सेन्टर बनाउन सकिन्छ । स्थानीय निकाय र अन्य सरोकारवालाहरुले यसमा धेरै काम र साझेदारी गर्न सक्छन् । यो एक किसिमले लडाइँ जस्तै हो । हल, पार्टी प्यालेस, खाली भवनहरु, होटल इत्यादिलाई आइसोलेसन सेन्टरमा रुपान्तरण गर्न सकिन्छ । कोभिडको यस महामारीमा खटिने स्वास्थ्यकर्मी र समुदाय दुबैले मिलेर कार्य गर्नु पर्दछ ।

परीक्षण कति विश्वसनीय छ ?

कोभिड–१९ को भाइरसका बारेमा अझै पनि हामीलाई यथेष्ट जानकारी छैन । यो एकदमै नयाँ रोग पनि हो । नयाँ नयाँ भेरिएन्ट (समूह) आएका छन् तर कुन भेरिएन्ट हो, होइन भन्न निकै कठिन छ । हरेक दिन नयाँ सूचना आइरहेका छन् । त्यसैले, अहिलेकै संरचनाले नयाँ नयाँ भेरिएन्टलाई डिटेक्ट नगर्न पनि सक्छन् ।
अहिले नेपालमा देखिएको कोभिड युके भेरिएन्ट हो । यो रोगबाट पीडितहरु अस्पताल जानुपर्ने दर ६० प्रतिशतले बढी छ, र मृत्युको जोखिम पनि झण्डै ६० प्रतिशतले बढी छ । फैलिने दर पनि पहिलेभन्दा झण्डै दोब्बर छ, अर्थात् ७० देखि ९० प्रतिशत छ । त्यसर्थ यसबाट डराउनुचाहिँ पर्दछ । त्यसर्थ अत्यावश्यक बाहेक अरु मानिससँग सम्पर्क नै नगरौं, घरमै बसौं ।  

खुला हावा जरुरी

मास्क लगाएर अक्सिजन कमी हुँदैन । तर हामी राम्रो हावा आउजाउ गर्ने, भेन्टिलेसन भएका ठाउँमा बस्नु पर्छ । अझ संक्रमित व्यक्ति बसेको ठाउँमा परिवारका अरु सदस्यले सास फेर्नु हुँदैन । झ्यालढोका खुला राख्नु पर्दछ ।

लकडाउन कति उपयुक्त छ ?

समुदायले कोभिडको खतरा बुझेर घरमै बसिदिएको र स्वास्थ्य सचेतता अपनाएको भए यो संकट यति भयावह हुने थिएन । त्यसमा हामी सबै चुक्यौं । अब अहिलेचाहिँ, हाम्रो लक्ष भनेको यो लकडाउन धेरै समयसम्म नगर्ने । हाम्रो ध्येय त्यही हुनु पर्दछ । जतिसक्दो छोटो गर्नु पर्दछ । यस लकडाउनमा तीन कुरा गर्नु पर्दछ । एक, शंका लागेका सबैले परीक्षण गर्ने, दुई, स्वास्थ्य संरचना जतिसक्दो चाँडो बनाउने र तीन, स्थानीय तहमा अक्सिजन सहितका ठुल्ठूला आइसोलेसन सेन्टर बनाउने ।

अहिले युद्धबिराम हो

निषेधाज्ञा भएको अहिलेको समय युद्धबिराम जस्तो मात्र हो । युद्धको अन्त्य होइन । यो समयमा कोरोना संक्रमण त बढ्छ नै, यसलाई व्यवस्थापन गर्न स्वास्थ्य संस्थाहरु र साथसाथै स्थानीय निकायहरुले अक्सिजन सहितको आइसोलेसन सुविधा तयारी गर्नु पर्दछ ।