२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कपः दबाबमा बंगलादेश, भारतविरुद्ध तेस्रो विकेट गुमायो



अ+ अ-

एजेन्सी । एसिया कप–२०२३ को अन्तिम सुपर–४ खेल भारत र बंगलादेशबीच कोलम्बोको आर प्रेमदासा स्टेडियममा जारी छ । भारतले टस जितेर फिल्डिङ रोजेको छ ।

पहिले ब्याटिङ गरेको बंगलादेशले ६ ओभरमा तीन विकेट गुमाएर २९ रन बनाएको छ । अनमुल हक र शकिब अल हसन क्रिजमा छन् ।

क्रिजमा शकिब अल हसन र मेहदी हसन मिराज छन् । अनमुल हक ४ रन बनाएर आउट भए । शार्दुल ठाकुरको बलमा विकेटकिपर केएल राहुलको हातबाट उनी क्याच आउट भए ।

ठाकुरको यो दोस्रो विकेट हो । उनले तनजी हसन तमिम (१३ रन० लाई बोल्ड आउट गरेका थिए । यसअघि मोहम्मद शामीले विकेटकिपर लिटन दास (० रन) लाई बोल्ड गरेका थिए ।

भारतका तिलक वर्माले यसै खेलबाट डेब्यु गरेका छन् । उनलाई कप्तान रोहित शर्माले क्याप दिए । वर्माले गत महिना वेस्ट इन्डिजविरुद्ध टी–२० डेब्यु गरेका थिए ।