२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउदीमा ४ महिनादेखि २० नेपाली अलपत्र



अ+ अ-

काठमाडौँ । साउदी अरबमा ४ महिनादेखि २० नेपाली अलपत्र परेका छन् । सितापाइलामा रहेको एडभेन्चर ह्युमन रिर्सोसमार्फत साउदी पुगेका उनीहरू अलकसिममा ४ महिनादेखि अलपत्र परेका हुन् ।

करिब डेढ वर्ष अघि साउदी पुगेका उनीहरूलाई चार महिनादेखि कम्पनीले काम र तलब नदिएरपछि सडकमा अलपत्र परेका छन् । विभिन्न व्यक्ति तथा संस्थाको सहयोगमा रूलाईखाने व्यवस्था मिलाइएको छ ।

बाथरूमको पानी खाएर बस्नु परेको बाध्यता रहेको बताउदै एक एक पीडितले भने, ‘काम पनि दिएको छैन् । तलब पनि दिएको छैन् । हामीलाई खानको लागि १०–१५ दिनमा १०० रियाल दिइरहेको छ । त्यो पैसाले हामीले के गर्ने ? मेनपावर कम्पनीसँग भन्दा चुप लागेर बस भनिरहन्छ ।’ कम्पनीले उनीहरू सबै जनाको पासपोर्ट खोसेर राखेको उनले बताए ।

सामाजिक सञ्जालमार्फत उनीहरुको दु:ख सार्वजनिक भएपछि सरकारको ध्यानाकर्षण भएको र उनीहरूको उद्धारको पहल थालेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । रोजगारदाता कम्पनीसँग सम्बाद भएको मन्त्रालयले जनाएको छ ।