२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar नेपालको रग्बीलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

बाँकेमा छ कोरोना सङ्क्रमितको मृत्यु

बाँकेमा छ कोरोना सङ्क्रमितको मृत्यु
अ अ+ अ-

बाँके । यहाँ गए रातभरीमा छ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृतकमा बाँकेका तीन, दाङ्घका दुई र कपिलवस्तुका एक जना रहेका छन् । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका अनुसार दाङ्घ तुलसीपुर उपमहानगरपालिका–१७ का ४५ वर्षीय पुरुषको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ । यही वैशाख १६ गते भर्ना गरिएका उनको १७ गते साँझ ७ः०० बजे पीसीआर गरिएको थियो । उनको रिपोर्ट नआउँदै मृत्यु भइसकेको थियो । 

नेपालजञ्ज उपमहानगरपालिका–६ का ४७ वर्षीया महिलाको मेडिकल कलेज कोहलपुरमा राति ९ः३० बजे  मृत्यु भएको छ । यही वैशाख १५ गते भर्ना गरिएका उनको १६ गते पीसीआर गरिएको थियो । नेपालगञ्ज मेडिकल कलेजमा कपिलवस्तु कृष्णनगर नगरपालिका–५ का ५१ वर्षीय पुरुषको मृत्यु भएको छ । यह िवैशाख १५ गते मेडिकल कलेजमा भर्ना भएका उनको भोलीपल्ट पीसीआर गरिएको थियो । गए राति १०ः०० बजे उनको मृत्यु भएको छ । नेपालगन्ज–१० का ५५ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ ।

यही वैशाख १३ गते पीसीआर गरेपछि १४ गते भेरीमा भर्ना भएका बिरामीको आज बिहान ४ः०० बजे मृत्यु भएको छ । मेडिकल कलेज कोहलपुरमा कोहलपुर नगरपालिका–११ का ३५ वर्षीय पुरुषको मृत्यु भएको छ । यही वैशाख १० गते कोहलपुरमा भर्ना गरिएका उनको ११ गते पीसीआर गरिएको थियो । राति १२ः३० बजे उनको मृत्यु भएको छ । 

दाङ्घ  दगीशरण गाँउपालिका वडा नं १ का ६० वर्षीय पुरुषको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ । यही वैशाख ८ गते भर्ना गरिएका उनको ११ गते पीसीआर गरिएको थियो । उनको आज बिहान ४ः०० बजे मृत्यु भएको छ । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११८ पुगेको छ ।