• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली ★   सर्वोच्चद्वारा गृहमन्त्री लामिछानेविरूद्ध कास्की प्रहरीमा परेको जाहेरी माग ★   युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा ★   सर्वोच्चले रोक्यो ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णय ★   गर्मी छल्न सुकुटे, र्‍याफ्टिङले पर्यटक आकर्षित ★   बजेट प्रभावकारी कार्यान्वयनमा सांसदहरुको जोड

हजार करोडको पोन्जी घोटालामा गोविन्दाको नाम जोडियो



एजेन्सी । ओडिशा अपराध शाखाको इओडब्लु (आर्थिक अपराध शाखा) चाँडै बलिउड अभिनेता गोविन्दालाई सोधपुछ गर्न गइरहेको छ ।

गोविन्दाको नाम १००० करोडको क्रिप्टो–पोन्जी घोटालामा बाहिर आएपछि गोविन्दासँग सोधपुछ गरिने भएको हो ।

अभिनेता सोलार टेक्नो एलायन्स (एसटीए) कम्पनीसँग यस घोटालासँग सम्बन्धित थिए । उनी यस कम्पनीको एक कार्यक्रममा पनि उपस्थित थिए ।

यस विषयमा इओडब्लुद्वारा सेप्टेम्बर १३ मा जानकारी दिइएको थियो । यस कम्पनीलाई धेरै देशहरूमा क्रिप्टो लगानीको आडमा घोटाला गरेको आरोप लगाइएको छ ।

इन्डिया टुडेको रिपोर्ट अनुसार गोविन्दा यस वर्ष जुलाईमा एसटीएको एक कार्यक्रममा सहभागी हुन गोवा गएका थिए । यो कार्यक्रम एक लक्जरी होटलमा आयोजित भएको थियो, जसमा गोविन्दा प्रमुख अतिथिको रूपमा उपस्थित थिए । कार्यक्रम बाहेक गोविन्दाले केहि भिडियोहरु मार्फत एसटीएको प्रचार पनि गरेका थिए ।