२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar नेपालको रग्बीलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

सङ्क्रमणदर बढ्यो , रोकथाम फितलो

सङ्क्रमणदर बढ्यो , रोकथाम फितलो
अ अ+ अ-

कैलाली । कैलालीमा पछिल्लो समय कोरोन सङ्क्रमणको दर दिनप्रतिदिन तीब्र हुँदै गएको छ ।  जिल्लाका स्थानीय तहले बिरामी व्यवस्थापनका लागि तयारीका काम पनि द्रुत रुपमा अगाडि बढाएका छन् । पहिलो चरणको सङ्क्रमण कम हुँदै गएपछि विकासका काममा केन्द्रीत स्थानीय तहले   अन्य कामलाई थाती राखेर कोरोना सङ्क्रमितका लागि चाहिने आवश्यक पूर्वाधारलाई  अहिले धमाधम अगाडि बढाउन थालेका हुन् । 
 
सङ्क्रमणको दर बढेको भएपनि शुरुआती अवस्थामा यस तर्फ केन्द्रीत  हुन नसकेका स्थानीय तहले स्थिति नियन्त्रण भन्दा बाहिर जानलागेको जनाउँदै तयारी शुरु गरेको भजनी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख कृतिसंह बिकले जानकारी दिनुभयो  । उहाँले नगरपालिकामा पनि सङ्क्रमणको दर दिनप्रतिदिन बढ्दै गएको जनाउँदै आकस्मिक रुपमा ५ श्ययाको अक्सिजन जडित आइसोलेशन तयार भएको र  १५ श्ययाको आइसोलेशन वार्डको लागि महुन्याल बहुमुखी क्याम्पसमा काम भइरहेको बताउनुभएको छ । “हामी नगरवासीको स्वास्थ्यमा धेरै संबेदनशील छौ । चाहिने आवश्यक साधनस्रोतको ब्यबस्थापनको कामलाई समेत अगाडि बढाइसकेका   छौ ।” 

उहाँले भन्नुभयो, “अक्सिजन सिलिन्डरको आपूर्तिका लागि प्रक्रिया अगाडि बढाईसकेका छौ । क्यारेन्टिन निर्माण गरेका छौ ।” भजनी प्राथमिक स्वास्थ्य केन्द्रलाई नगरपालिकाले ८ वडा अक्सिजन सिलिन्डर हस्तान्तरण गरिसकेको छ भने ८ सिलिन्डर भराउनको लागि पठाइएको उहाँले जानकारी दिनुभयो । नगरपालिकामा कार्यपालिकाको बैठक बस्न नसक्दा भने कोरोना  नियन्त्रण तथा व्यबस्थापनका लागि बजेट विनियोजन हुन सकेको छैन ।

टीकापुर नगरपालिकाले कोरोना  व्यवस्थापनका लागि सर्वदलीय छलफल मार्फत आवश्यक जनशक्ति र पूर्बाधारको कामलाई अगाडि बढाएको छ । नगरपालिकाले टीकापुर अस्पतालमा १५ श्ययाको अक्सिजन जडित आइसोलेशनलाई सञ्चालनमा ल्याएको छ भने सीटी हलमा ३८ श्ययाको व्यबस्थित आसोलेशन वार्डको रुपमा बिस्तारको काम अगाडि बढाएको छ । नगरपालिकामा रहेका सार्बजनिक भवन योगाश्रम, संन्तनिरंकारी भवन, जेसिज भवनलाई तयारी अबस्थामा राखेको  नगर प्रमुख तपेन्द्रबहादुर रावलले जानकारी दिनुभयो ।  “पहिलो चरणमा २० सिलिन्डर अक्सिजन आपूर्ति गरि टीकापुर अस्पताललाई हस्तान्तरण गरिसकेका छौ । थप सिलिन्डर माग गरिसकेका छौ ।”  उहाँले भन्नुभयो, “थप जनशक्ति ब्यबस्थापन र  आवश्यकताको आधारमा पूर्वतयारीको काममा नगरपालिका जुटेको छ ।” 

 नगरपालिकाले रु ५० लाखको कोरोना लक्षित कोषसमेत बनाएको छ । नगर प्रमुख रावलका अनुसार पूँजिगत आयोजना चालू आर्थिक बर्षमा सम्पन्न गर्न नसकिनेलाई कटौती गरी उक्त बजेट कोरोना कोषमा जम्मा गरिने भएको छ । अहिले नगरपालिकामा सङ्क्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि स्थिति झन जटिल बन्न सक्ने भन्दै स्वास्थ्य सुरक्षामा ध्यान दिन चिकित्सकहरुले आग्रह गर्दै आएका छन् । नगरपालिकामा केही दिन यता दैनिक रुपमा कोरोनाबाट मृत्यु हुन थालेको छ ।

जानकी गाउँपालुकाले पनि कोरोनाको उपचार तथा अन्य वयवस्थापनकोलाई अगाडि बढाएको छ । गाउँपालिकाले यसअघि सञ्चालनमा ल्याएको ३० श्ययाका आइसोलेशन वार्डलाई अक्सिजन जडित बनाउन लागेको गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार  चौधरीले जानकारी दिनुभएको छ । “अक्सिजन खरिदका लागि प्रक्रिया अगाडि बढाइसकेका छौ । छोटो अवधिमा स्थिति काम गर्नुपर्दा समस्या भने धेरै देखिएको छ ।” उहाँले भन्नुभयो, “लक्षण सहितका बिरामीलाई गाउँपालिकाले बनाएको आइसोलेशनमा राख्छौ । जटिल खालका बिरामीलाई टीकापुर अस्पतालमा उपचारका लागि समन्वय भएको छ ।” उहाँले कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि पहिलो चरणमा ३० लाख रुपैँया बजेट छुट्याइएको जनाउँदै आवश्यक जनशक्ति थप्नेमा समेत गाउँपालिकामा छलफल भइरहेको बताउनुभएको छ ।

लम्कीचुहा नगरपालिकाले पनि तयारीको कामलाई तीब्र रुपमा अगाडि बढाएको छ । नगरपालिकाले ५० श्ययाको आइसोलेशन वार्ड तयार गर्नुको साथै चिकित्सकलाई समेत जिम्मेवार बाँडफाड गरि काम भइरहेको नगरपालिकाका नगर प्रमुख महादेव बजगार्इँले जानकारी दिनुभयो  । उहाँले नगरपालिकाले गर्नुपर्ने कामहरुलाई अगाडि बढाइएको बताउँदै आइसियू नहुदा समस्या भएको      बताउनुभयो । “हामिसँग आइसियू सहितको अस्पताल छैन । त्यस्तो जटिल समस्या देखिएका बिरामिहरुलाई धनगढी, नेपालगन्ज पठाउनुपर्ने बाध्यता जस्ताको तस्तै छ ।” उहाँले भन्नुभयो, “अन्य कुरामा नगरपालिकाले सबै तयारी गरिसकेको छ । साधनस्रोतले भ्याउन सकिने सबै तयारी हामिले गरिसकेका छौ । हामी हाम्रा नागरिकप्रति गम्भीर छौ ।”

जिल्लाका अन्य स्थानीय तहले पनि कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि काम अगाडि बढाएका छन् । कोरोना  सङ्क्रमण नियन्त्रणका लागि प्रदेश सरकारको समन्वय फितलो रहेको स्थानीय तहका प्रमुखहरुको गुनासो गरेका छन् । संघीय सरकारले नीति निर्देशन दिने गरेको भएपनि प्रदेश सरकारको काम र समन्वयमा ढिलाइ भएको बताइएको छ ।