• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo

मैदान भिजेका कारण पाकिस्तान र श्रीलंकाबीच टस हुन सकेन, खेल रद्द भए कुन टिम फाइनल पुग्छ ?



file

एजेन्सी । एसिया कप–२०२३ को सुपर–४ अन्तर्गत आज श्रीलंका र पाकिस्तानबीच खेल हुँदैछ । खेल कोलम्बोको आर प्रेमदासा स्टेडियममा नेपाली समय अनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ । वर्षाका कारण टसमा ढिलाई भइरहेको छ । मैदान पूरै ढाकिएको छ ।

आज जित्ने टोली फाइनलमा प्रवेश गर्नेछ भने अर्को टोली बाहिरिनेछ । यदि श्रीलंका पराजित भएमा भारत र पाकिस्तान एसिया कपको इतिहासमा पहिलो पटक फाइनल खेल्नेछन् ।

श्रीलंका र पाकिस्तानको २–२ अंक छ भने खेल जित्ने टोलीको ४ अंक हुनेछ । भारत ४ अंकसहित प्रतियोगिताको फाइनलमा प्रवेश गरिसकेको छ ।

यदि खेल वर्षाका कारण रद्द भयो भने श्रीलंकाले फाइनल खेल्नेछ । किनभने श्रीलंकाको नेट रन रेट पाकिस्तानको भन्दा राम्रो छ ।

दुवै टोलीको यो तेस्रो र अन्तिम सुपर–४ खेल हो । साविक विजेता श्रीलंकाले पहिलो खेलमा बंगलादेशलाई २१ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा भारतसँग ४१ रनले पराजित भएको थियो ।

अर्कोतर्फ पहिलो सुपर–४ खेलमा पाकिस्तानले बंगलादेशलाई ७ विकेटले हराएको थियो भने दोस्रोमा भारतसँग २२८ रनले पराजित भएको थियो ।

हेड टु हेड
श्रीलंका र पाकिस्तानबीच हालसम्म १५५ ओडीआई खेल भएका छन् । पाकिस्तानले ९२ खेल जितेको छ भने श्रीलंकाले ५८ खेल जितेको छ । ४ खेलको नतिजा आएको छैन भने एक खेल बराबरी भएको छ ।

पछिल्लो पटक दुवै टोली एकदिवसीय ढाँचामा २०१९ मा आमनेसामने भएका थिए । उक्त खेल पाकिस्तानले जितेको थियो । पाकिस्तानले यो खेल जित्यो भने श्रीलंकामाथि उसको यो लगातार नवौं जित हुनेछ ।