२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar नेपालको रग्बीलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

निषेधाज्ञाका बेला कृत्रिम अभाव रोक्न बजार अनुगमन

निषेधाज्ञाका बेला कृत्रिम अभाव रोक्न बजार अनुगमन
अ अ+ अ-

कर्णाली । कोभिड–१९ सङ्क्रमणका कारण सुर्खेतमा जारी निषेधाज्ञामा खुला गरिएका अत्यावश्यक खाद्यान्न, फलफूल, तरकारी तथा स्वास्थ्यसँग सम्बन्धित पसलहरुको स्थलगत अनुगमन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको संयोजकत्वमा शनिबार यहाँका औषधि पसल, खाद्यान्न पसल, तरकारी पसल, सब्जी मण्डीलगायत अन्य पसलहरुको अनुगमन गरिएको हो । निषेधाज्ञाका बेलामा बजारमा कालोबजारी हुने तथा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई मर्कामा पार्ने काम हुने भएकाले स्थलगत अनुगमन गरिएको सहायक प्रजिअ महतले बताउनुभयो । उहाँले भन्नुभयो, “औषधि पसलहरुमा मास्क र सेनिटाइजरको प्रयोग तथा बिक्री दरलगायतको बारेमा बुझिएको छ ।”

त्यस्तै वीरेन्द्रनगरका १३ वटा दैनिक उपभोग्य वस्तुका पसल तथा तरकारी मण्डीको अनुगमन गरिएको छ । अनुगमनका क्रममा विशेषगरी तेलको प्रतिपोका रु १३९ भएर आएको र पिठोको मूल्यसमेत वृद्धि भएको पाइएको सहायक प्रजिअ महतले बताउनुभयो । तेलको मूल्यको विषयमा बुझेर त्यसको मूल्य नियन्त्रण गरिने उहाँले बताउनुभयो ।

दैनिक उपभोग्य वस्तुहरु आयात गर्ने कुनै पनि गाडी नरोकिएकाले कुनै व्यापारीले अस्वाभाविक मूल्य वृद्धि गराएको पाइएमा कारवाही गरिने चेतावनी दिँदै उहाँले व्यापारीहरुलाई स्वास्थ्य मापदण्ड अपनाएर तोकिएको समयभित्र सामान बिक्रीवितरण गर्न सुझाव दिइएको बताउनुभयो ।

सहायक प्रजिअ महतका अनुसार बाहिरबाट आउने सामग्रीको सुब्बाकुना सुर्खेत र वीरेन्द्रनगर बजारका तरकारी मण्डी तथा खाद्य पसल व्यापारीहरुलाई दैनिकरूपमा उपभोग्यवस्तु तथा तरकारीहरुको मूल्य सूचीको प्रतिलिपि जिल्ला प्रशासनमा बुझाउन पनि निर्देशन दिइएको छ ।

निषेधाज्ञाको समयमा गरिएको अनुगमनबाट उपभोक्ता तथा सर्वसाधारणलाई व्यापारीले ठगी गर्न नपाउने र यो निरन्तर रहने जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । अनुगमनमा प्रशासनसहित उद्योग वाणिज्य सङ्घ, नेपाल पत्रकार महासङ्घ सुर्खेत र सुरक्षा निकायको सहभागिता रहेको थियो । सुर्खेतमा यही वैशाख १४ गतेदेखि २१ गतेसम्म कोरोना रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका लागि निषेधाज्ञा जारी गरिएको छ ।