२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar नेपालको रग्बीलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

कोरोना सङ्क्रमण भयाभह बन्दै

कोरोना सङ्क्रमण भयाभह बन्दै
अ अ+ अ-

टीकापुर । कैलाली जिल्लामा कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिँदा स्थिति भयाभव बन्दै गएको छ । सङ्क्रमण समुदायस्तरमा फैलिँदा उच्च सतर्कता अपनाउन चिकित्सकले आग्रह गरेका छन् । सुदूरपश्चिम प्रदेशमा शनिबार १० जनाको मृत्यु भएको छ । कैलालीका दुई महिला र एक पुरुष गरी तीन जनाको मृत्यु भएको छ । यस्तै  कञ्चनपुरका पाँच पुरुष र एक महिला गरी छ जनाको मृत्यु भएको छ भने बझाङका एक जना पुरुषको मृत्यु भएको स्वास्थ्य निर्देशनालय दिपायलले जानकारी दिएको छ । सुदूरपश्चिममा दैनिक कोरोना सङ्क्रमित सयौँ थपिन थालेका छन् ।

सुदूरपश्चिममा शनिबार थप २४१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा ५५२ नमूना परीक्षण गर्दा २४१ जनामा सङ्क्रमण पुष्टि भएको छ । अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार सङ्क्रमितमध्ये कैलालीको धनगढीका मात्रै ११३ जना रहेका छन् । यस्तै धनगढीबाहेक कैलालीका अन्य पालिकाका ९१ र अन्य जिल्लाका ३७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १८ हजार ७१५ पुगेको छ । प्रदेशमा कोरोना सङ्क्रमणका कारण १०० जनाले ज्यान गुमाएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजारभन्दा बढी रहेको बताइएको छ । तीमध्ये सेती अस्पतालमा ५९ कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । उपचार भइरहेकामध्ये तीन जना भेन्टिलेटरमा, १७ आइसीयूमा र ३४ अक्सिजन सपोर्टमा उपचाररत छन् । यता टीकापुर अस्पतालमा कोरोना सङ्क्रमित र लक्षण देखिएका नौ जनाको उपचार भइरहेको छ । उपचाररत रहेका पाँच कोरोना सङ्क्रमित र चार परीक्षणको नतिजा आउन बाँकी रहेकाहरुको उपचार भइरहेको अस्पतालले जनाएको छ । उपचार भइरहेकामध्ये छ जनामा अक्सिजनको कमी भई अवस्था गम्भीर रहेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । टीकापुर अस्पतालमा दैनिक १० देखि २० जनासम्म कोभिड लक्षण भएकाहरु उपचारमा आउने गरेका डा रमेश उपाध्यायले जानकारी दिनुभयो । “लक्षण देखिएका तर जटिल समस्या नभएकालाई होम आइसोलेशनमा बस्न भनेका छौँ, जटिल समस्या भएका, श्वासप्रश्वासमा समस्या भई अक्सिजन कमी भएकालाई यहाँ अक्सिजन दिई उपचार गरिरहेका छौँ”, डा उपाध्याय भन्नुहुन्छ, “कोरोना लक्षण देखिएका सबैलाई अस्पतालमा राखेर उपचार गर्न सम्भव छैन ।”

टीकापुर अस्पतालमा जनशक्ति अभाव भएकाले अस्पतालले कर्मचारी भर्नाका लागि सूचनासमेत गरेको छ । अस्पतालले दुई चिकित्सक, १५ स्टाफ नर्स, दुई हेल्थ असिस्टेन्ट र पाँच अनमी र अहेवका लागि दरखास्त खोलेको छ ।
  
बालबालिका जोखिममा

कोरोना सङ्क्रमण तीव्ररूपमा फैलिँदै गएपछि बालबालिका र ज्येष्ठ नागरिक बढी जोखिममा पर्ने भएकाले सतर्कता अपनाउन चिकित्सकले आग्रह गरेका छन् । समुदायस्तरमै कोरोना फैलिँदै जाँदा बालबालिकलाई सङ्क्रमणबाट जोगाउन टीकापुर अस्पतालका बालरोग विशेषज्ञ अमरनाथ ठाकुरले बताउनुभयो । “यो समय भाइरल ज्वरो, रुघाखोकीको समय पनि हो । बालबालिकामा सामान्य समस्या देखिँदैमा आत्तिन हुँदैन”, डा ठाकुरले भन्नुभयो, “बालबालिकामा श्वासप्रश्वासमा समस्या भयो, निमोनियाका लक्षण देखिएमा अस्पताल लैजानुपर्छ । सामान्य रुघाखोकी, ज्वरो भए दुई÷तीन दिनमा आराम हुन्छ ।”

कैलालीमा निषेधाज्ञा लम्ब्याइयो

कोरोना सङ्क्रमण समुदायस्तरमै फैलिएकाले कैलालीमा जारी निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९सिसीएमसी०को शनिबार बसेको बैठकले वैशाख ३० गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याएको हो । यसअघि वैशाख १६ गतेदेखि २२ गतेसम्म हुने गरी निषेधाज्ञा जारी गरिएको थियो । निषेधाज्ञाको समयमा सबै बैंक तथा वित्तीय संस्थाले वैैशाख २० देखि ३० गतेसम्म बिहान ९ देखि साढे ११ बजेसम्म मात्र एउटा बैंकको एउटा मात्र शाखा खुला गर्न पाउने व्यवस्था गरिएको छ ।
 
एकतिर कोरोना सङ्क्रमण फैलँदैछ भने अर्कोतर्फ भारतबाट नेपाल फर्कने नेपालीको सङ्ख्यासमेत बढ्दै गएको छ । भारतबाट नेपाल फर्कने नेपाली सिधै गाउँ पस्ने गरेका कारण समुदायमा थप जोखिम बढाएको छ । सुदूरपश्चिमका नाकामा कोरोना परीक्षण गर्ने एन्टिजेन किट अभाव हुन थालेको छ । प्रदेशका सीमा नाकामा भारतबाट फर्किने नेपालीको सङ्ख्या बढिरहेका बेला एन्टिजेन किटको अभाव हुन थालेकाले थप जोखिम बढेको हो । 

भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका नाका कञ्चनपुरको गड्डाचौकी र गौरीफण्टा नाका, बैतडीको झुलाघाट नाका र दार्चुलाको पुलघाट नाकाबाट दैनिक दुई हजारदेखि दुई हजार ५०० को सङ्ख्यामा नेपाली सुदूरपश्चिम भित्रिरहेका छन् । तीमध्ये थोरै सङ्ख्यामा मात्र परीक्षण हुने गरेको छ ।

गौरीफण्टा नाकाबाट दैनिक झण्डै एक हजार भित्रिए पनि १०० देखि १५० जनासम्मको मात्र कोरोना परीक्षण हुने गरेको छ । किट अभावका कारण आवश्यकतानुसार कोरोना परीक्षण हुन नसकेको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताउनुभयो । कोरोना सङ्क्रमितको उपचार गर्न सक्ने अवस्था नभएपछि कैलालीको गेटामा रहेको गेटा मेडिकल कलेजलाई आइसोलेसन बनाउने तयारी शुरु भएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले आजदेखि उक्त स्थानमा आवश्यक संरचना व्यवस्थापनका लागि तयारी थालिने जानकारी दिनुभयो ।