२२ असार २०८३, सोमबार
,
Latest
व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम एडिबीसँग ६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण सम्झौता टेरामक्स प्रकरण: पूर्वमन्त्री बस्नेत सहित केहीलाई सफाई ,तीन जनालाई कैद सजाय र जरिवाना सरकारी जग्गा ओगटेर बनेका ट्रेड युनियनका भवन तीन दिनभित्र खाली गर्न मन्त्रालयको निर्देशन सिद्धार्थ बैंकविरुद्ध कीर्ते कागजात तयार गरी कलोसूचीमा रहेको कम्पनीको नाममा करोडौँ कर्जा प्रवाह गरेको आरोप सरकारका सय दिन उत्साहजनक छैनन्, लोकतान्त्रिक विधि र प्रक्रिया मिचियोः अर्जुननरसिंह केसी कोशी प्रदेशसभाः विषयगत मन्त्रीले दिनुभयो जवाफ सरकार उत्तरदायित्वबाट पन्छियो, सय दिनको उपलब्धि शुन्यः सांसद थेबे
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक वर्षपछि बारेकोटमा चिकित्सकसहित भिडियो एक्सरे मेसिन



अ+ अ-

जाजरकोट । वर्ष दिनपछि बारेकोट गाउँपालिकाले चिकित्सकसँगै एक्सरे मेसिन पाएको छ । प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा दरबन्दीका चिकित्सकको सरुवा भएको करिब तीन वर्षपछि गाउँपालिकाले आफ्नै लगानीमा चिकित्सक नियुक्त गरेको स्वास्थ्य शाखा प्रमुख वीरराज सिंहले जानकारी दिनुभयो । गत चैत ६ गतेदेखि रु एक लाख २४ हजार मासिक तलब पालिकाले भुक्तानी गर्ने सम्झौताअनुसार लिम्सामा चिकित्सक गायत्रीप्रसाद शर्मालाई नियुक्त गरेको हो ।

अहिले लिम्सामा भिडियो एक्सरे, इसिजी सेवा र ल्याब सेवा सञ्चालनमा आएको प्रमुख सिंहले बताउनुभयो । महिना दिनभित्र सादा एक्सरे सेवा सञ्चालनमा ल्याउने तयारी रहेकोसमेत उहाँले जानकारी दिनुभयो । सरकारी दरबन्दीका चिकित्सक करिब एक वर्ष लिम्सामा कार्यरत रही पढ्न गएका थिए । चिकित्सक पढ्न गएसँगै तीन वर्षदेखि रिक्त रहेको दरबन्दी अहिलेसम्म पूर्ति हुनसकेको छैन । सरकारी दरबन्दीको चिकित्सक पठाइदिन मन्त्रालयलाई पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएपछि गाउँपालिकाले दुई वर्षअघि आफैँले तलब र भत्ता दिने गरी चिकित्सक नियुक्त गरेको थियो ।

नियुक्त गरेका चिकित्सक पनि लामो समयसम्म नबसेपछि लिम्सामा एक वर्ष चिकित्सकविहीन भएको थियो । वर्ष दिनपछि अहिले पालिकाले फेरि आफँैले तलबभत्ता उपलब्ध गराउने गरी चिकित्सक नियुक्त गरेको हो । नयाँ चिकित्सक आएसँगै भिडियो एक्सरेसँगै अन्य सेवा सहजरूपमा सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनुभयो ।

एक्सरेकै लागि जाजरकोट सदरमुकाम तथा जिल्लाबाहिर जानुपर्ने बाध्यता हटेको छ । भर्खरै मात्र सडक सञ्जालसँग जोडिएको बारेकोट गाउँपालिकामा अहिले दैनिक बिरामीको सङ्ख्या ह्वात्तै बढेको बताइएको छ । पालिकामा अत्याधुनिक भवन निर्माणका लागि सङ्घीय सरकारले बजेट पठाए पनि चिकित्सक नपठाउँदा पालिका आफैंले चिकित्सक व्यवस्था गर्नुपरेको गाउँपालिकाले जनाएको छ । जिल्लाका अन्य पालिकामा भवन निर्माणका लागि बजेट पठाए पनि चिकित्सक नपठाउँदा सेवा प्रवाहमा समस्या भएको पालिकाहरूले बताएका छन् ।