५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब सडकमै बग्न थाल्यो २२ लाख लिटर रक्सी… (भिडियोसहित)



अ+ अ-

एजेन्सी । पोर्चुगलको साओ लोरेनो डे बैरोमा एउटा अनौठो घटना देखिएको छ । वास्तवमा आइतबार सडकमा रेड वाइनको खोला बग्न थाल्यो, जुन देखेर मानिसहरु छक्क परेका थिए ।

यसको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जहाँ लाखौं लिटर रेड वाइन सडकमा बगिरहेको छ । बहाव यति बलियो थियो कि धेरै घरको भूइँतला पनि रेड वाइनले भरिएको थियो ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार २२ लाख लिटरभन्दा बढी रेड वाइन भएको ट्याङ्की फुटेपछि सडकमा रेड वाइन बग्न थाल्यो । यो प्रवाह नजिकैको खोलातर्फ तीव्र गतिमा सर्न थालेपछि समस्या उत्पन्न भयो । रेड वाइनको बहाव यति धेरै थियो कि घरको भूइँतला पनि भरियो ।

घटनाको जानकारी पाएपछि दमकलले शर्टीमा नदी मदिराको खोलामा परिणत हुनुअघि नै कारबाही थालेको थियो । रेड वाइनको बहावलाई नजिकैको खेततर्फ प्रवाहित गरियो । लेभिरा डिस्टिलरीले घटनाको लागि माफी मागेको छ भने क्षति र मर्मत लागतको पूर्ण जिम्मेवारी लिएको छ ।