काठमाडौं । लुम्बिनी प्रदेशका विपक्षी सांसदहरुले शंकर पोखरेललाई पुनः मुख्यमन्त्री नियुक्त गर्ने निर्णय गैरसंवैधानिक भएको भन्दै हस्ताक्षर संकलन गरेका छन् । उनीहरूले प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष हस्ताक्षर बुझाएका हुन्।
विपक्षीहरूले स्वतन्त्र २ सांसदसहित ४२ सांसदको हस्ताक्षर भएको बताएका छन् ।
संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा पोखरेल मुख्यमन्त्रीमा नियुक्त भइसकेका छन् ।
तर, विपक्षीले यसलाई गैर संवैधानिक भन्दै सच्याउन माग गरेका हुन् ।














