• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   बर्खासँगै बढ्न थाले सर्पदंशका बिरामी ★   राष्ट्रको इज्जत बढ्नेगरी काम गर्न वायुसेवा निगमलाई मन्त्री तामाङको निर्देशन ★   आगामी वर्षका लागि चलचित्र क्षेत्रले स्वीकार्ने बजेट तथा कार्यक्रम ल्याउँछु: भुवन केसी ★   एकजना पनि मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभा बैठक स्थगित ★   पल, आर्यन, परीक्षा र विकास हङकङमा, ‘पुजार सार्की’को गर्‍यो रेकर्ड ब्रेक ★   नेकपा एस महाधिवेशन: झलनाथ खनालको नेतृत्वमा अध्यक्ष मण्डल गठन, विद्युतीय मेसिनबाट मतदान ★   इलामको फिक्कल–नयाँबजार सडक कालोपत्र ★   पहिरोले पुरिँदा बालकको मृत्यु ★   एकीकृत समाजवादी महाधिवेशन: बन्दसत्र सुरु ★   नाउपा संसदीय दलको नेताबाट रञ्जिता श्रेष्ठलाई हटाइयो

श्रीलंकालाई हराउँदै भारत एसिया कपको फाइनलमा



एजेन्सी । भारत एसिया कप २०२३ को फाइनलमा प्रवेश गरेको छ । भारतले आफ्नो दोस्रो सुपर–४ खेलमा साविक विजेता श्रीलंकालाई ४१ रनले पराजित गर्दै एक खेल अगावै फाइनलमा स्थान बनाएको हो ।

२१४ रनको लक्ष्य पछ्याएको श्रीलंकाको टोलीको सुरुवात खराब रह्यो । टोलीले तेस्रो ओभरमा पथुम निसाङ्का (६ रन)को विकेट गुमाएको थियो ।

कुसल मेन्डिस (१५ रन)ले इनिङ्स सम्हाल्ने प्रयास गरे तर उनी पनि ७ औं ओभरमा बुमराहको शिकार बने । ८ औं ओभरमा मोहम्मद सिराजले दिमुथ करुणारत्ने (२ रन)लाई पेभिलियन पठाए । श्रीलंकाले पहिलो १० ओभरमा ३९ रन बनाएर ३ विकेट गुमाएको थियो ।

त्यसअघि भारत ४९.१ ओभरमा २१३ रन बनाएर अलआउट भयो । एकदिवसीय इतिहासमा पहिलो पटक, टोलीले स्पिनरहरूविरुद्ध सबै १० विकेट गुमायो । श्रीलंकाका बायाँ हाते स्पिनर डुनिथ भेलालागेले ५ विकेट लिए भने अफ स्पिनर चारिथ असालान्काले ४ विकेट लिए । मिस्ट्री स्पिनर महिश तिक्षणाले एक विकेट लिए ।

भारतीय कप्तान रोहित शर्माले सर्वाधिक ५३ रन बनाए । रोहितले आफ्नो एकदिवसीय करियरको ५१ औं अर्धशतक बनाएका थिए । उनले एकदिवसीयमा १० हजार रन पनि पूरा गरेका छन् । रोहितका अलावा केएल राहुलले ३९ रन र विकेटकिपर इशान किशनले ३३ रनको योगदान दिए । अक्षर र सिराजले अन्तिम विकेटका लागि २६ रनको साझेदारी गरे ।

भारत र श्रीलंकाको खेल वर्षाका कारण रोकिएको थियो । साँझ ६ बजेर ४० मिनेटमा पानी परेपछि भारतीय इनिङ्समा ४७ ओभर बलिङ गरिएको थियो र खेल रोकिनुपरेको थियो । केही समयपछि पानी रोकिएपछि खेल फेरि ७ः३० बजे सुरु भयो । तर, अम्पायरहरूले ओभर न काट्ने निर्णय गरे र इनिङ्सको ब्रेक टाइम १० मिनेटमा घटाए ।

शीर्ष क्रम पेभिलियन फर्किएपछि विकेटकिपर केएल राहुल र इशानले भारतको इनिङ्सलाई सम्हालेका थिए । दुवैले सावधानीपूर्वक ब्याटिङ गर्दै टोलीको स्कोर १०० बाट १५० मा पुर्याएका थिए । राहुल ४४ बलमा ३९ रन बनाएर आउट भए र दुवैबीचको अर्धशतकीय साझेदारी टुट्यो । राहुल र इशानले ८९ बलमा ६३ रनको साझेदारी गरे । राहुलपछि इशान किशन पनि ६१ बलमा ३३ रन बनाएर चरित असलंकाको शिकार बने ।

भारतीय कप्तान रोहित शर्मा र शुभमन गिलले ६७ बलमा ८० रनको ओपनिङ साझेदारी गरे । यो साझेदारी डुनिट भेलालागेले गिललाई बोल्ड गरेर तोडेका थिए ।

भारतले अब शुक्रबार बंगलादेशसँग तथा श्रीलंकाले बिहीबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । पाकिस्तान र श्रीलंकाबीचको खेल हेभिवेट बन्ने भएको छ । उक्त खेलको विजेता टोली नै फाइनलमा पुग्नेछ ।