काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ ।
प्रधानमन्त्री निवास वालुवाटारमा जारी मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले बैशाख २७ गते बिश्वासको मत लिने जानकारी गराउनु भएको हो ।
यस बारेमा प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी समेत गराउनु भएको छ । मन्त्रिपरिषदको बैठक जारी रहेकै बेला उहाँ राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास जानु भएको छ ।











