• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo

दबाबमा भारत, गिल–विराटपछि रोहित पनि आउट



एजेन्सी । एसिया कप २०२३ को सुपर–४ चरणको चौथो खेल भारत र श्रीलंकाबीच कोलम्बोको आर प्रेमदासा स्टेडियममा जारी छ । भारतले टस जितेर पहिले ब्याटिङ थालेको छ ।

भारतले १६ ओभरमा तीन विकेट गुमाएर ९३ रन बनाएको छ । इशान किशन र केएल राहुल क्रिजमा छन् । कप्तान रोहित शर्मा ५३ रन बनाएर आउट भए ।

उनलाई डुनिथ भेलाल्गेले बोल्ड गरे । भेलाल्गेको यो तेस्रो विकेट हो । उनले विराट कोहली (३ रन) र शुभमन गिल (१९ रन) को विकेट पनि लिए ।