२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, नर्वेमा ४० हजार बढीले हेरिसके News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध

गंगालालमा अक्सिजन उत्पादन सुरु

गंगालालमा अक्सिजन उत्पादन सुरु
अ अ+ अ-

काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा आईतबार देखि अक्सिजन उत्पादन सुरु भएको छ । काठमाडौं महानगरपालिकाको सहयोगमा निर्माण भएको अक्सिजन प्लाण्टको आईतबार एक समारोहकाबीच उद्घाटन भएसंगै अक्सिजन उत्पादनको काम सुरु भएको हो ।

२०७६ साल माघ १५ गते महानगरपालिका र केन्द्रबीच अक्सिजन प्लाण्ट स्थापना गर्ने  सम्बन्धी सम्झौता भएको थियो । सो सम्झौता लगत्तै निर्माणको काम सुरु भएको अक्सिजन प्लाण्टको आईतबार विधिबत शुभारम्भ गरिएको हो । प्लाण्टको प्रतिदिन ६ हजार ३ सय ४५ लिटर अक्सिजन उत्पादन गर्ने क्षमता रहेको छ । चलनमा रहेको अक्सिजन सिलिण्डर अनुसार, प्रतिदिन १ सय ३५ वटा सिलिण्डर उत्पादन हुनेछ । एउटा अक्सिजन सिलिण्डरमा ४७ लिटर अक्सिजन हुने गर्दछ । सो अक्सिजन प्लाण्ट २ करोड ७५ लाख रुपैयामा निर्माण भएको हो ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अक्सिजन मात्रै दिन सक्दा पनि धेरै विरामी बचाउन सकिने अवस्थामा अक्सिजन उत्पादन सुरु हुनु निकै राम्रो काम भएको बताउनुभयो । 

अक्सिजन उत्पादन संगै गंगालाल अस्पतालमा यसअघि खपथ हुने अक्सिजन अन्यत्र प्रयोग गर्न सकिने भएकाले कोरोनाका विरामीको उपचारमा पनि ठूलो सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । कोभिडका विरामीलाई अक्सिजन अभाव भएको समाचार संगै व्यक्तिले सिलिण्डर होल्ड गरेका समाचार आउन थालेको भन्दै उहाँले अनावश्यक रुपमा घरमा अक्सिजन सिलिण्डर होल्ड गरेर नराखिदिन अनुरोध गर्नुभयो । अक्सिजन पर्याप्त भए पनि सिलिण्डर अभाव भएको कुरा आएको भन्दै उहाँले सिलिण्डर होल्ड गर्ने काम नगर्न सबैलाई सचेत गराउनुभयो । उहाँले अक्सिजन मास्क प्रयोग गर्नुपर्ने अवस्था आउन नदिन मेडिकल मास्क प्रयोग गरेर घरमै सुरक्षित भएर बस्न पनि सबैलाई अपिल गर्नुभयो ।

उहाँले भन्नुभयो “त्यो बेला कोरोनाको नामै सुनेको थिएन । त्यो बेला सबै अस्पतालमा अक्सिजन प्लाण्ट आफ्नै हुनुपर्छ भनेर हामीले सुरुवात कान्ति बाल अस्पतालबाट सुरु गरेका थियौ । विरामीलाई निशुल्क अक्सिजन उपलब्ध गराएको सुनेपछि सबै अस्पतालहरुमा अक्सिजन प्लाण्ट आफ्नै हुनुपर्छ भनेर महानगरपालिका सहकार्य गर्न तयार भएको थियो अहिले कोरोनाको कहर भईरहेका बेला अक्सिजन मात्रै दिन सक्दा पनि धेरै विरामी बचाउन सकिने अवस्था छ । हुन त हाम्रो प्राथमिकता भनेको अस्पतालमा ल्याएर अक्सिजनको मास्क लगाउने होइन, घरमै बसेर सामान्य मास्क लगाएर बस्यो भने अक्सिजन मास्क लगाउनुपर्दैन । दुईवटा मध्य कुन रोज्ने ? अस्पतालमा गएर अक्सिजन मास्क लगाउने कि घरमै बसेर सुरक्षित साथ मेडिकल मास्क लगाउने ? अक्सिजन अभाव भयो भनेर केही केही व्यक्तिले अक्सिजनको सिलिण्डर घरमा संग्रह गरेको कुरा पनि आएका छन् । कर्सैले पनि अनावश्यक रुपमा सिडिण्डर होल्ड गरेर नराखिदिनुहोला । ”

शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका कार्यकारी निर्देशक डाक्टर चन्द्रमणि अधिकारीले विगतमा पनि गंगाला हृदयरोग केन्द्रले विरामीका लागि निशुल्क अक्सिजन उपलब्ध गराएको र भविष्यमा पनि निशुल्क नै उपलब्ध गराउने बताउनुभयो । उहाँले कोरोनाको लहर भन्दा अगाडिनै अक्सिजन प्लाण्ट स्थापना गर्ने योजना अनुसार प्लाण्ट निर्माणको काम अघि बढेको भएपनि अहिले अक्सिजन अभावको समस्या परेका बेला अक्सिजन उत्पादन हुनु निकै राम्रो कुरा भएको बताउनुभयो । उहाँले मुटुरोगीहरुलाई कोरोना लागेमा उपचारमा कठिनाई भएकाले सबै मुटुरोगीहरुलाई विशेष सर्तकता अपनाउन पनि आग्रह गर्नुभयो । मुटुरोगीका सम्पुर्ण कोरोना संक्रमितलाई केन्द्रमै राखेर उपचार गर्ने सोच लिएको भएपनि भौतिक संरचनाका कारण सबैलाई राखेर उपचार गर्न सक्ने अवस्था नरहेको बताउनुभयो ।

महानगरपालिकाकाले कान्ति बाल अस्पतालमा पनि अक्सिजन प्लाण्ट स्थापनाका लागि सहयोग गरेको छ । अस्पतालमा अहिले अक्सिजन प्लाण्ट निर्माणको काम भईरहेको छ ।