• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo

रोहितको ५१ औं अर्धशतक, १० हजार रन पनि पूरा



एजेन्सी । एसिया कप २०२३ को सुपर–४ चरणको चौथो खेल भारत र श्रीलंकाबीच कोलम्बोको आर प्रेमदासा स्टेडियममा जारी छ । भारतले टस जितेर पहिले ब्याटिङ थालेको छ ।

भारतले १३ ओभरमा एक विकेट गुमाएर ९० रन बनाएको छ । कप्तान रोहित शर्मा र विराट कोहली क्रिजमा छन् । रोहितले आफ्नो एकदिवसीय करियरको ५१ औं अर्धशतक पूरा गरेका छन् ।

शुभमन गिल १९ रन बनाएर आउट भए । उनलाई डुनिथ भेलाल्गेले बोल्ड गरेका थिए ।

यसअघि रोहित शर्माले एकदिवसीय क्रिकेटमा १० हजार रन पूरा गरिसकेका छन् । उनले २४१ इनिङ्समा यो उपलब्धि हासिल गरेका हुन् ।

सबैभन्दा छिटो १० हजार रन बनाउने क्रिकेटरको सूचीमा कोहलीपछि रोहित दोस्रो स्थानमा छन् ।