२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेम्वाङको निधनका कारण बिपी साहित्य महोत्सव स्थगित



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको निधनका कारण नेपाली कांग्रेसले बिपी साहित्य महोत्सव स्थगित गरेको छ।

केन्द्रीय कार्यालय सानेपामा आइतबारदेखि सुरु महोत्सव नेम्वाङको निधन भएपछि स्थगित गरिएको हो । बिपी साहित्य महोत्सव स्थगित गरिएको जानकारी मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिनुभयो ।

उहाँका अनुसार संविधानसभाका तत्कालीन अध्यक्ष, नेकपा एमालेका नेता नेम्वाङको गए राति निधन भएपछि महोत्सव स्थगित गरिएको हो । बिपी साहित्य महोत्सव भदौ २४ गतेदेखि भदौ २६ गतेसम्म निर्धारण गरिएको थियो।