२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

महासचिव पोखरेल स्वदेश फर्किँदै



अ+ अ-

काठमाडौँ । नेकपा ९एमाले०का महासचिव शङ्कर पोखरेल आफ्नो सबै पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम रद्द गरेर आज चीनबाट स्वदेश फर्किने हुनुभएको छ ।

पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनको कारणले उहाँ आफ्ना सबै कार्यक्रम रद्द गरेर आजै स्वदेश फर्कन लाग्नुभएको एमाले स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिनुभयो । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा उहाँसहित पार्टीको उच्चस्तरीय टोली यही भदौ १७ गते चीनमा भ्रमणमा गएको थियो । उहाँका अनुसार महासचिव पोखरेलले आजै छिङ्हाइको सिनिङ हुँदै छेन्दु भएर नेपाल फर्किनु हुनेछ ।

स्वदेश फर्कन टिकट पाएका अवस्थामा भ्रमण दलको सबै सदस्य पनि आजै फर्किने विदेश विभाग प्रमुख भट्टराईले जानकारी दिनुभयो । रासस