२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेम्बाङको निधनले राष्ट्र र एमाले पार्टीलाई अपुरणीय क्षतिः पूर्वराष्ट्रपति भण्डारी



स्व. सुवासचन्द्र नेम्बाङ (फाइल फोटो)
अ+ अ-

काठमाडौं: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मृदुभाषी, शालीन व्यक्तित्वका धनी, समन्वयकारी गुण भएका नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्याशित र अकल्पनीय निधनको खबरले स्तब्ध भएको बताउनु भएको छ ।

उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ, “म उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । यस दु:खद् घडीमा शोकाकुल परिवारजन र पार्टी परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु । उहाँको निधनले सिङ्गो पार्टी र राष्ट्रलाई अपूरणीय क्षति पुगेको छ । ”

नेम्बाङको मंगलबार राति बालुवाटारस्थित निजी निवासमा हृदयाघात भएको थियो । लगत्तै त्रिवि शिक्षण अस्पताल लगिए पनि चिकित्सकहरुले श्री नेम्बाङको निधन भएको घोषणा गरेका थिए ।