१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध News Polar मकवानपुरको बकैया–६ मा जमिन फाटेपछि स्थानीय त्रासमा, ८ घर पूर्ण क्षति News Polar नयाँ धितोपत्र विधेयक तत्काल संसद्मा ल्याउन अर्थसमितिको निर्देशन News Polar सुन्धारामा स्नानसँगै समापन बसुन्धरा देवी व्रत News Polar चीनसँग जोड्ने तीनवटै नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित News Polar युवास्थामै कोरोनरी मुटुरोग देखिन थालेको छः डा रौनियार News Polar अक्सन मार्केट र एनआरएन फण्ड भित्र्याउने काम अन्तिम चरणमाः सीडीएससी प्रमुख कार्यकारी अधिकृत सापकोटा News Polar सीपलाई रोजगारी र उत्पादनसँग जोड्न सभामुख अर्यालको आग्रह News Polar तातोपानी नाका सञ्चालन गर्न सडकमा कुनै अवरोध छैनः सडक डिभिजन प्रमुख भण्डारी News Polar तुइन र गाडीमा झुन्डिँदै रसुवाका विद्यार्थीको जोखिमपूर्ण यात्रा News Polar डुम्रे–बेँसीसहर–चामे सडक शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी News Polar सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध News Polar थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी News Polar ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar एशियाली खेलकुदमा नेपालका चार जुडो खेलाडी पहिलो चरणमै बाहिरिए News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा

तेजाब आक्रमण गर्ने उम्कन नपाओस्: अध्यक्ष ओली

तेजाब आक्रमण गर्ने उम्कन नपाओस्: अध्यक्ष ओली
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तेजाब आक्रमणमा परेकालाई न्याय दिनका लागि ल्याइएको कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ ।

एमालेले आज ललितपुरस्थित पार्टी मुख्यालयमा तेजाब आक्रमण विरुद्धको जागरण दिवसको अवसरमा गरेको कार्यक्रममा उहाँले तेजाब आक्रमण र जलनमा परेकालाई एकातिर घाउका जलन अर्कोतिर न्याय नपाएकाको पीडा जस्तो दोहोरो जलनको पीडा भोग्न नपरोस् भनेर कडा कानून ल्याइएकाले उक्त कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताउनुभयो ।

उहाँले आगो लगाउने र तेजाब आक्रमण जस्ता अपराध गर्ने कोही पनि उम्कन नपाउन र सजाय भोग्न बाध्य बनाउनुपर्ने बताउनुभयो । “कडा कानून बनाएर अपराधीलाई दण्डित नगर्ने हो भने सजिलै अपराधी उम्कन सक्नेछन्”, उहाँले भन्नुभयो, “त्यसैले आगो लगाएर मार्ने र तेजाब आक्रमण गर्नेलाई जिन्दगीभर जेलमा जानुपर्दछ र सड्नुपर्दछ भन्ने त्रास फैलाउनुपर्दछ । सजिलैसँग बहस गराएर छुट्ने खालको नहोस् भनेर कडा कानून बनाएका हौँ ।”

उहाँले अन्धविश्वासले जन्माएका विकृतिलाई रोक्नका लागि आवश्यकताअनुसार कानूनको दायरा विस्तार गर्नुपर्ने भनाइ राख्नुभयो । उहाँले तेजाब आक्रमण महिला र बालबालिका विरुद्धको हिंसाको विभत्स रूप भएको उल्लेख गर्दै तेजाब आक्रमण पीडितलाई परिचय साथै सरकारले हेरचाह, लालपालन, औषधि उपचार गर्नुपर्ने धारणा राख्नुभयो । अध्यक्ष ओलीले आजको २१औ शताब्दी सभ्य भएको समाजमा पनि दाइजोको कारणले तेजाब आक्रमण भइरहेको बताउनुभयो ।

उहाँले आफू प्रधानमन्त्री छँदा नै तेजाब आक्रमणसम्बन्धी कानून निर्माण गरेको भन्दै तर उक्त कानून धेरै मुस्किलले कार्यान्वयनमा ल्याएको बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका संसद् विन्दावासिनी कङ्साकारले तेजाब आक्रमण गर्ने विरुद्ध बनेको कानूनलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । तेजाब पीडित मुस्कान खातुनले अहिले पनि गाउँघरमा तेजाब भनेको थाहा नभएको भन्दै तेजाबसम्बन्धी जनचेतना जगाउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले तेजाब पीडितलाई परिचयपत्र खुल्ने कागजात आवश्यक रहेको भन्दै परिचयपत्र खुल्ने कागज भएको भए औषधि पाउन सजिलो हुने बताउनुभयो । जलन पीडित जेनी खड्काले जलनको पीडा जिन्दगीभरि हुने भन्दै दाग हटाउन सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले परिचयपत्र नभएकाले अस्तपालमा औषधि लिन जाँदा झन्झट भएको बताउनुभयो । रासस