४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगर पुगेर प्रधानमन्त्रीले भने – पाँच वर्ष यही गठबन्धन चल्छ



अ+ अ-

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच वर्ष यही गठबन्धन निरन्तर रहने बताएका छन् ।

समाजवादी मोर्चाको सन्देशसभामा सहभागि हुन विराटनगर पुगेका प्रधानमन्त्रीले विराटनगर विमानस्थलमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै गठबन्धन कायम रहनेमा ढुक्क हुन आग्रह गरे ।

पत्रकारको प्रश्नमा संक्षिप्त जवाफ दिँदै प्रचण्डले भने, ‘५ वर्ष यही गठबन्धन चल्छ, ढुक्क हुनुहोस् ।’

कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्ने कार्यसूची रहेको छ ।