• ९ असार २०८१, आईतवार
  •      Sun Jun 23 2024
  •   Unicode
Logo
Latest
★   थाई नरेशसमक्ष राजदूत ओलीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत ★   दमौली अस्पतालमा थपिए दुई थान डायलाइसिस मेसिन ★   ‘नेपाल आइडल–५’ को उपाधि करणले जिते ★   कमिन्सको लगातार ह्याट्रिक, अफगानिस्तानले दियो अष्ट्रेलियालाई १४९ रनको लक्ष्य ★   कर्णाली र सुदूरपश्चिमबाहेकका प्रदेशमा आज ठूलो पानी पर्ने ★   प्रतिनिधिसभाको बैठकबाट आजै बजेट पारित गर्ने तयारी ★   बेल्जियमले रोमानियालाई हरायो ★   टर्कीलाई हराउँदै पोर्चुगल युरो कपको अन्तिम १६ मा प्रवेश ★   टी–२० विश्वकपः बंगलादेशलाई हराउँदै भारत सेमिफाइनलको दौडमा बलियो ★   चीनले १७ जना नेपाली विद्यार्थीको नि:शुल्क मुटु उपचार गर्ने

अमेरिकाको न्यूयोर्कस्थित नायग्रा क्षेत्रमा तीजको दर खुवाउने कार्यक्रम सम्पन्न



अमेरिका । अमेरिकाको न्यूयोर्कस्थित बफ्लो क्षेत्रमा रहेका नेपाली महिलाहरूले नाचगान र आपसमा रमाइलो गरेर तीज पर्व मनाएका छन् ।

नेप्लिज कम्युनिटी अफ बफ्लो नायग्राले आयोजनामा गरेको तीज कार्यक्रममा अमेरिकामा नै रहेका लोकगायक विमल डाँगी र देविका केसीले विभिन्न सांगीतिक प्रस्तुतिहरु दिनुभएको थियो ।

कार्यक्रममा विविध सांस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिएको थियो ।कार्यक्रमको संयोजन गर्नुभएका मध्येका एक लोकनाथ अधिकारीका अनुसार तीजका कारण यस क्षेत्रमा बसोबास गरिरहेका २५० भन्दा बढी नेपाली एकै ठाउँमा पहिलो पटक जम्मा हुने अवसर मिल्यो ।

उहाँले भन्नुभयो, “विदेशमा रहँदा यस्ता चाडपर्वले नेपालीहरूको आपसी सद्भावना र भाइचारा बढाउने गरेको छ । साथै नयाँ पुस्तालाई हाम्रो कला संस्कृति र संस्कार बुझाउने माध्यम पनि भएको छ ।

संस्थाका अध्यक्ष बिष्णु काप्रीले चेलीहरुलाई दर खुवाँउदा नेपालीहरुको एकता भावनापनि विकास हुने र सस्कृतिपनि जोगिने बताउनुभयो । कार्यक्रममा त्यस क्षेत्रमा बसोबास गरिरहनु भएका प्रमेश गिरी ,सुमन बराल ,रघु भट्टराई, सुरेन्द्र बास्तोला ,कमल लामिछाने लगायतका व्यक्तिहरुको सक्रिय सहभागीता रहेको थियो ।

कार्यक्रममा सहभागी ईना गौतमले भन्नुभयो, “यस्ता कार्यक्रमले स्वदेशको झल्को दिनुका साथै आफ्नो धर्म, संस्कृतिको जगेर्ना गर्न र सद्‍भाव वृद्धि गर्न योगदान पुग्न गरेको छ ।”

बिदाको समय पारेर गरिएको कार्यक्रममा हजुरआमादेखि नातिनातिनाको पुस्तासम्म जम्मा भएर करिब ५ घण्टा उनीहरु रमाएका थिए ।