४ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्व भारतीय क्रिकेटर विक्रम राठौर राजस्थानको ब्याटिङ कोच बने विधायन व्यवस्थापन समितिले दशैँअघि नै दुई विधेयकमाथिको छलफल सक्ने साताभर मनसुनी वायुको प्रभाव, धानलाई असर पर्ने सम्भावना अमेरिकामा संविधान दिवस मनाइयो ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकलाई बिग मार्टमा १० प्रतिशत छुट ‘मुभी लभर्स कम्युनिटी’ले ‘आँखा’को विशेष प्रदर्शन गर्ने महासंघको सक्रियताले अर्थतन्त्रमा आशा जागेको छः अध्यक्ष ढकाल हाम्रो पार्टीलाई बेवास्ता गर्ने प्रवृत्ति निन्दनिय: माधव नेपाल नियन्त्रित मनोद्विपक पदार्थ ट्रामाडोल क्याप्सुल १ लाख ८० हजार ४३० सहित ६ पक्राउ शिक्षाको हब बन्दै पोखरा
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंकामा सबैभन्दा बढी छक्का प्रहार गर्ने विदेशी ब्याट्सम्यान बने रोहित



अ+ अ-

एजेन्सी । एसिया कपको सुपर–४ चरणमा आइतबार भारत र पाकिस्तानबीचको खेल वर्षा र भिजेको मैदानका कारण पूरा हुन सकेन ।

अब खेल आज (रिजर्भ डे) कोलम्बोको आर प्रेमदासा स्टेडियममा दिउँसो सवा ३ बजेदेखि हुनेछ ।

खेल रोकिएको अवस्थाबाटै फेरि सुरु हुनेछ । खेल रोकिँदासम्म भारतले २४.१ ओभरमा दुई विकेट गुमाएर १४७ रन बनाएको थियो । यहीँबाट खेल सुचारु हुनेछ ।

भारतीय इनिङ्समा रोहित शर्मा र शुभमन गिलको ब्याटिङले दर्शकलाई रोमाञ्चित बनाएको थियो । यी इनिङ्सले धेरै कीर्तिमान तोडे ।

श्रीलंकामा रोहितको ३३ छक्का प्रहार
भारतीय कप्तान रोहित शर्मा श्रीलंकाको भूमिमा सबैभन्दा बढी छक्का प्रहार गर्ने विदेशी ब्याट्सम्यान बनेका छन् । उनले पाकिस्तानविरुद्धको अर्धशतकीय पारीमा ४ छक्का प्रहार गरेका थिए ।

यस खेलमा रोहितले ४९ बलमा ११४.२९ को स्ट्राइक रेटमा ५६ रन बनाएका थिए । तीनवटै ढाँचामा रोहितले श्रीलंकामा ३३ छक्का प्रहार गरेका छन् ।

रोहितले श्रीलंकामा ३०–३० छक्का प्रहार गर्ने क्रिस गेल र शेन वाट्सनको कीर्तिमान तोडेका हुन् ।

साथै, रोहितले आफ्नो एकदिवसीय करियरको ५० औं अर्धशतक बनाए । एसिया कपमा रोहितको यो ९ औं अर्धशतक हो । उनले एसिया कपमा सबैभन्दा बढी अर्धशतक प्रहार गर्ने भारतीय ब्याट्सम्यान सचिन तेन्दुलकरको कीर्तिमानी बराबरी गरेका छन् । अहिले दुबैको नाममा ९–९ अर्धशतक छ । उनले अब अर्को अर्धशतक बनाउने बित्तिकै सचिनको कीर्तिमान तोड्नेछन् ।