२६ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढी प्रभावित क्षेत्रबाट बालबालिका लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह मधेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश सुदूरपश्चिममा मानवअधिकार संरक्षणमा बहुआयामिक चुनौती गुल्मीमा ३८ जातका कफीको परीक्षण कामपाको सम्पर्कमा रहेका बाढी प्रभावित १३२ बालबालिकालाई विद्यालय भर्ना विस्थापित बालबालिकालाई विद्यालय शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन अर्थतन्त्र गतिशील बनाउन पाँच ‘विशेष प्याकेज’ अघि बढाउँदै सरकार भोटेकोशी बाढी उद्धारमा चीनले दिएको भारी क्षमताका ड्रोन परिचालन बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सक टोली जाँदै किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंकामा सबैभन्दा बढी छक्का प्रहार गर्ने विदेशी ब्याट्सम्यान बने रोहित



अ+ अ-

एजेन्सी । एसिया कपको सुपर–४ चरणमा आइतबार भारत र पाकिस्तानबीचको खेल वर्षा र भिजेको मैदानका कारण पूरा हुन सकेन ।

अब खेल आज (रिजर्भ डे) कोलम्बोको आर प्रेमदासा स्टेडियममा दिउँसो सवा ३ बजेदेखि हुनेछ ।

खेल रोकिएको अवस्थाबाटै फेरि सुरु हुनेछ । खेल रोकिँदासम्म भारतले २४.१ ओभरमा दुई विकेट गुमाएर १४७ रन बनाएको थियो । यहीँबाट खेल सुचारु हुनेछ ।

भारतीय इनिङ्समा रोहित शर्मा र शुभमन गिलको ब्याटिङले दर्शकलाई रोमाञ्चित बनाएको थियो । यी इनिङ्सले धेरै कीर्तिमान तोडे ।

श्रीलंकामा रोहितको ३३ छक्का प्रहार
भारतीय कप्तान रोहित शर्मा श्रीलंकाको भूमिमा सबैभन्दा बढी छक्का प्रहार गर्ने विदेशी ब्याट्सम्यान बनेका छन् । उनले पाकिस्तानविरुद्धको अर्धशतकीय पारीमा ४ छक्का प्रहार गरेका थिए ।

यस खेलमा रोहितले ४९ बलमा ११४.२९ को स्ट्राइक रेटमा ५६ रन बनाएका थिए । तीनवटै ढाँचामा रोहितले श्रीलंकामा ३३ छक्का प्रहार गरेका छन् ।

रोहितले श्रीलंकामा ३०–३० छक्का प्रहार गर्ने क्रिस गेल र शेन वाट्सनको कीर्तिमान तोडेका हुन् ।

साथै, रोहितले आफ्नो एकदिवसीय करियरको ५० औं अर्धशतक बनाए । एसिया कपमा रोहितको यो ९ औं अर्धशतक हो । उनले एसिया कपमा सबैभन्दा बढी अर्धशतक प्रहार गर्ने भारतीय ब्याट्सम्यान सचिन तेन्दुलकरको कीर्तिमानी बराबरी गरेका छन् । अहिले दुबैको नाममा ९–९ अर्धशतक छ । उनले अब अर्को अर्धशतक बनाउने बित्तिकै सचिनको कीर्तिमान तोड्नेछन् ।