२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

पश्चिम नाइजरमा विद्रोहीको आक्रमणमा १६ सिपाहीको मृत्यु



अ+ अ-

नियामे । पश्चिम अफ्रिकी मुलुक नाइजरको टिलियामा सशस्त्र विद्रोहीले गरेको आक्रमणमा १६ जना सिपाहीको मृत्यु भएको छ । 

विद्रोहीको उक्त आक्रमणबाट क्याप्टेन मामान नामेवाको नेतृत्वमा रहेका अरु छ जना सैनिक घाइते भएको सेनाले जनाएको छ । विद्रोहीहरुले सेनालाई बारुदी सुरुङमा पारेको बताइएको छ । 

त्यस क्षेत्रका सचिव इब्राहिम मिकोले सेनासँग प्रत्यक्ष भिड्न नसकेपछि बारुदी सुरुङ बिस्फोट गराएर काँतरहरुले आक्रमण गरेको भन्दै आक्रोश पोख्नु भयो । 

साहेल–सहारा क्षेत्रको विशाल भूमिमा शान्ति, सुरक्षा र विकासमाथि नै विद्रोहीहरुले निरन्तर धावा बोलिरहेका छन् । छिमेकी मुलुक चाडमा सक्रिय बोको हराम र उत्तरी मालीमा सक्रिय जिहादीका कारण यस क्षेत्रमा नाइजरका सेनामाथि लक्षित गरी आक्रमण हुने गरेको छ । 

गत मार्च २१ मा नाइजरको पश्चिम क्षेत्र ताहोउका विभिन्न स्थानमा अपरिचित बन्दुकधारीले गरेको आक्रमणमा परेर कम्तीमा १३७ जनाको मृत्यु भएको थियो । रासस