२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेटर आसिफ शेखविरुद्ध ‘यौन दुर्व्यवहार’को आरोप



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका विकेटकिपर आसिफ शेख विरुद्ध यौन दुर्व्यवहारको आरोप लागेको छ ।

एक किशोरीले आसिफले आफूसँग यौन दुर्व्यवहार गरेको भन्दै प्रहरी वृत्त कालीमाटी लगायतमा निवेदन दिन तयार पारिएको कागजात सार्वजनिक गरेकी हुन् ।

तर निवेदनबारे आफूलाई त्यस कुनै जानकारी नभएको प्रहरी वृत्त कालीमाटीका डीएसपी नरहरी अधिकारीले बताए । उनले भने, मेरो कार्यालयमा अनौपचारिक वा औपचारिक कुनै उजुरी वा निवेदन आएको छैन । निवेदन दिन तयार पारिएको हो भने मलाई थाहा छैन।’

पीडित भनिएकी किशोरीले आसिफसँग सोल्टीमोडको ह्यात प्लेसस होटलमा इन्टर्न गर्ने क्रममा चिनजान भएको र पछि आसिफले आफूसँग यौन दुर्व्यवहार गरेको बताएकी छन् । आसिफले गौशालास्थित होटल शिवम प्यालेसमा लगेर ‘अनुचित सहवास’ गर्न खोजेको उनले आरोप लगाएकी छिन् ।

आसिफ नेपाली क्रिकेट टीमका ओपनर ब्याट्सम्यान हुन् । उनले नेपालले भर्खरै खेलेको एसिया कपमा भारतविरुद्ध राम्रो प्रदर्शन गरेका थिए । उनले उक्त खेलमा ८ चौकासहित ५८ रन बनाएका थिए ।