२२ श्रावण २०८३, शुक्रबार
,
Latest
बागमती सरकारबारे राप्रपाको स्पष्ट अडानः सत्ता गठनको दौडबाट बाहिरिने निर्णय करदाता प्रोत्साहन योजनाः २५० रुपैयाँको खरिदमा १० लाख रुपैयाँको बम्पर उपहार जन्मसिद्ध नागरिकताको दायरा घटाउन अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा दुई नयाँ कार्यकारी आदेश जारी स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु करदाता प्रोत्साहन उपहार कार्यक्रम शुरुः साउनको पहिलो १५ दिनका १६ विजेता छानिए कर नीतिमा स्थिरता र नाका सहज बनाउन नाइमाको माग: एक्स्पोमा ल्याइएको दर्जनौँ नयाँ गाडी तातोपानी… नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमा सान्फ्रासिस्को महावाणिज्यदूतावासबाट भदौ १५ सम्म मात्र सेवा प्रवाह हुने यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य केन्द्रद्वारा चार करोड ३८ लाख भुरा उत्पादन
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेटर आसिफ शेखविरुद्ध ‘यौन दुर्व्यवहार’को आरोप



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका विकेटकिपर आसिफ शेख विरुद्ध यौन दुर्व्यवहारको आरोप लागेको छ ।

एक किशोरीले आसिफले आफूसँग यौन दुर्व्यवहार गरेको भन्दै प्रहरी वृत्त कालीमाटी लगायतमा निवेदन दिन तयार पारिएको कागजात सार्वजनिक गरेकी हुन् ।

तर निवेदनबारे आफूलाई त्यस कुनै जानकारी नभएको प्रहरी वृत्त कालीमाटीका डीएसपी नरहरी अधिकारीले बताए । उनले भने, मेरो कार्यालयमा अनौपचारिक वा औपचारिक कुनै उजुरी वा निवेदन आएको छैन । निवेदन दिन तयार पारिएको हो भने मलाई थाहा छैन।’

पीडित भनिएकी किशोरीले आसिफसँग सोल्टीमोडको ह्यात प्लेसस होटलमा इन्टर्न गर्ने क्रममा चिनजान भएको र पछि आसिफले आफूसँग यौन दुर्व्यवहार गरेको बताएकी छन् । आसिफले गौशालास्थित होटल शिवम प्यालेसमा लगेर ‘अनुचित सहवास’ गर्न खोजेको उनले आरोप लगाएकी छिन् ।

आसिफ नेपाली क्रिकेट टीमका ओपनर ब्याट्सम्यान हुन् । उनले नेपालले भर्खरै खेलेको एसिया कपमा भारतविरुद्ध राम्रो प्रदर्शन गरेका थिए । उनले उक्त खेलमा ८ चौकासहित ५८ रन बनाएका थिए ।