५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

उखु खाँदा पाचन प्रणाली देखि ग्यास्ट्रिकको समस्याको समाधान, फाँइदाहरु



अ+ अ-

सख्खर भनेको उखु पेलेपछि खुदोबाट बनाइने एक किसिमको मिठाई परिकार हो । यसको केही सकारात्मक पक्षहरुसँग सम्बन्धित छ । सख्खर बहुउपयोगी खाद्य पदार्थ रुपमा चिनिन्छ । यसको फाँइदाहरु अनेक रहेका छन् । हामीलाई विभिन्न प्रकारका समस्या पर्दा हामीले सख्खरको प्रयोगले ति रोग र समस्यालाई निर्मुल गर्न सक्छौँ ।

१) शरीरका अंगहरुको संयुक्त दुखाईबाट छुटकारा पाउनको लागि अदुवाको साथमा सख्खरको टुक्राका साथ प्रतिदिन सेवन गर्नाले तीब्र रुपमा हुने दुखाई कम हुन्छ ।

२) छालाका लागि सख्खरले रगतबाट नराम्रो विषाक्त पदार्थ हटाउँछ, जसले छालाको चमक बढाउन मद्दत गर्छ ।

३) पाचन प्रणालीको लागि सख्खर अति उत्तम खानेकुरा मान्ने गरिन्छ ।

४) सख्खरले शरीरको रगत सफा गर्छ र मेटाबोलिज्मलाई निको पार्छ । दिनहुँ एक गिलास पानी वा दुधको साथ सख्खरको सेवन गर्नाले पेट चिसो हुन्छ । यसले ग्यास्ट्रिक कम गराउन मद्दत गर्छ । कसैलाई ग्यास्ट्किको समस्या छ भने तिनीहरूले खाजा वा खानापछि थोरै भएपनि सख्खर खाने गर्नुपर्छ ।

५) सख्खर शरीरमा आइरन (फलाम)को स्रोत पनि हो । त्यसैले एनिमियाका बिरामीहरूका लागि यो धेरै फाइदाजनक हुन्छ । विशेषगरी महिलाहरूको लागि, यसको सेवन एकदम महत्वपूर्ण मानिन्छ ।

६) खानापछि प्रायः गुलियो खानेकुरा खानेमन धेरैको हुन्छ । यसको लागि विशेषगरी सख्खर स्वास्थ्यवर्द्धक मान्ने गरिन्छ ।

७) सख्खर स्वभावैले सर्दी स्वभावको हुन्छ । त्यसैले यसको सेवनले चिसो र कफबाट बच्न पनि मद्दत गर्छ । यदि तपाईं चिसोको समयमा कच्चा सख्खर खान चाहनुहुन्छ भने चियामा पनि यसलाई प्रयोग गर्न सकिन्छ ।

८) उर्जाका लागि सख्खरको सेवनले तपाईंको उर्जाको स्तर बढाउँछ । जब तपाईं धेरै थकित र कमजोर महसुस गर्नुहुन्छ यसको समाधानको लागि पनि सख्खरको प्रयोग गर्न सकिन्छ ।

९) सख्खरले शरीरको तापक्रम नियन्त्रण गर्छ । यसमा एलर्जीलाई कम गर्ने तत्वहरू पाइन्छ । त्यसैले यसको प्रयोग दमका बिरामीहरूका लागि समेत धेरै फाइदाजनक देखिन्छ ।

१०) सख्खर खाँदा ग्यास्ट्रिकको समस्या रहँदैन