२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, नर्वेमा ४० हजार बढीले हेरिसके News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध

प्रधानमन्त्री ओलीको पक्षमा जसपाका १५ सांसदको हस्ताक्षर संकलन

प्रधानमन्त्री ओलीको पक्षमा जसपाका १५ सांसदको हस्ताक्षर संकलन
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा विश्वास मत दिनका लागि जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले आफू पक्षका सांसदहरुको हस्ताक्षर संकलन गर्नु भएको छ । पार्टी एकता अघि राष्ट्रिय जनता पार्टीको केन्द्रीय कार्यालय रहेको बबरमहलमा एक-एक सांसदलाई बोलाएर हस्ताक्षर संकलन गरिएको एक सांसदले जानकारी दिनुभयो ।

३२ सांसद रहेको जसपामा ठाकुरको अभियानमा १५ सासंदले हस्ताक्षर गरेका छन् भने एक सांसद रेशम चौधरी हिरासतमा रहेका छन् । हस्ताक्षर गर्नेहरुका महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी, अनिल झा, राजकिशोर यादव, लक्ष्मणलाल कर्ण, निर्जला राउत, रानी मण्डल, दुलारीदेबी खानु, प्रमोद साह, एकवाल मिया, अमृता अग्रहरी, चन्दा चौधरी, नरमाया ढकाल र चन्द्रकान्त चौधरी रहेका छन् ।

हस्ताक्षर गरेका एक सांसदका अनुसार उपेन्द्र यादवको पक्षमा रहेका दुई सांसद पनि ठाकुरको पक्षमा आउने सक्ने देखिएको छ । अधिकांस सांसद राजधानीमा नै रहेको तथा तीन सांसद उपत्यका बाहिर रहेका कारण उनीहरु पनि राजधानी आइपुगेका छन् । ठाकुरले केही दिनलाई उपत्यका नछाड्न सांसदहरुलाई निर्देशन दिनु भएको छ । प्रधानमन्त्री ओलीले आगामी सोमबार प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने हुनु भएको छ ।

ओली सरकारलाई विश्वासको मत दिने र केही समय पछि सरकारमा जाने तयारी ठाकुर पक्षको रहेको छ । ओलीको पक्षमा बहुमत नपुग्ने अवस्था भए तटस्थ बसेर अर्को पक्षलाई पनि बहुमत पुग्न नदिने तयारी भएको ती सांसदले जानकारी दिनुभयो । उता संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र अर्का नेता उपेन्द्र यादवले ओली सरकार हटाउने पक्षमा उभिनु भएको छ ।

उहाँहरुले बैकल्पिक सरकार निर्माणको लागि अग्रसरता लिदै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको लागि समर्थन गर्ने प्रतिबद्धता जनाइ सक्नु भएको छ । ओली नेतृत्वको सरकारलाई हेर्ने दृष्टिकोणमा बिमति हुँदा जसपा फुटको नजिक पुगेको छ । तर आइतबार अध्यक्ष महन्थ ठाकुरले आफू पक्षमा नेताहरुको छलफलमा दुःखले एक बनाएको पार्टी नफुटोस भन्ने आफुहरुको चाहना रहेको बताउनु भएको थियो ।

पछिल्लो पटक लुम्बिनी प्रदेशमा शंकर पोखरेलको नेतृत्वको सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा विमति भएको थियो । जहाँ ठाकुर पक्षमा सांसद पोखरेलको पक्षमा उभिनु भएको थियो । उनीहरु मन्त्री बने लगत्तै यादवले सरकारलाई समर्थन गर्ने चार सांसदलाई पदमुक्त गर्ने पत्र पठाएपछि उहाँहरु पदमुक्त हुनु भएको थियो । जुन निर्णय प्रति गम्भीर असहमति जनाउँदै निर्णय बदरको माग लिएर ठाकुर आफैं निर्वाचन आयोग जानु भएको थियो ।