५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

टस जितेर पाकिस्तानले बलिङ रोज्यो



अ+ अ-

एजेन्सी । एसिया कपको सुपर फोर अन्तर्गत पाकिस्तानले भारविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । कोलम्बोस्थित आर प्रेमदाशा मैदानमा पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् ।

भारत र पाकिस्तानबीचको खेल ३ः१५ मा सुरु हुनेछ । आज पनि यहाँको मौसममा बदली भई वर्षा हुने सम्भावना अधिक छ ।

यसै कारण यदि वर्षाका कारण खेल हुन नसकेमा भोलिका लागि ‘रिजर्भ डे’ राखिएको छ । रिजर्भ डेमा पनि नतिजा नआएमा दुवै टोलीले एक–एक अंकमा चित्त बुझाउनुपर्नेछ ।

विशेष कुरा के छ भने सुपर फोरको यही खेलमा मात्रै रिजर्भ डे राखिएको छ । साथै, फाइनल खेलमा पनि रिजर्भ डे हुनेछ ।

पाकिस्तानले सुपर फोर अन्तर्गत पहिलो खेलमा बंगलादेशलाई सात विकेटले पराजित गरेको थियो । भारत भने सुपर फोर पहिलो पटक खेल्दैछ ।

समूह चरण अन्तर्गतको खेलमा यी दुईबीच विजेताको टुंगो लाग्न सकेन । वर्षाका कारण खेल हुन नसकेपछि दुवै टोलीले एक–एक अंकमा चित्त बुझाएका थिए ।

सुपर फोरमा पाकिस्तान, श्रीलंका, भारत र बंगलादेश रहेका छन् । शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । लगातार दुई खेलमा पराजित बंगलादेश प्रतियोगिताबाट लगभग बाहिरिएको छ भने नेपाल र अफगानिस्तान समूह चरणबाटै बाहिरिएका थिए ।