२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गरिबी निवारणमा चीनसँग सहकार्य गर्न प्रधानमन्त्रीलाई सुझाव दिएँ: अध्यक्ष राउत



अ+ अ-

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले प्रधानमन्त्रीले बोलाउनुभएको बैठकमा आफूले गरिबी निवारणमा चीनले पाएको सफलताबाट नेपालले गरिबी मुक्त देश बनाउनुपर्ने बारेमा चीनको अनुभव लिन सुझाव दिएको बताउनुभएको छ ।

आईतवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहालले आसन्न अमेरिका र चीन भ्रमणबारे सुझाव लिन बोलाउनुभएको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले गरिबी निवारमा चीनले ठूलो सफलता पाएको र त्यसको अनुभवबाट नेपालले पनि गरिबी निवारण गर्नुपर्ने भन्दै चीनसँग अनुभव लिन सुझाव दिएको बताउनु भयो । उहाँले म्यानुफ्याक्चरिङ क्षेत्रमा पनि चीन धेरै अघि भएकाले उद्योगहरुको मोडलमा चीनले नेपालमा उद्योगहरु खोल्न र प्रोडक्ट चीनले आफूमार्फत नै निर्यात गर्न आग्रह गर्न अनुरोध गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गरिबी निवारणमा चीनले ठूलो सफलता हासिल गरेको हुनाले त्यसको अनुभवको आधारमा नेपालले कसरी गरिबीबाट मुक्ति दिलाउन सक्छ ? त्यसको बारेमा सहकार्य गर्न सुझाव दिएँ । म्यानुफ्याक्चरिङ क्षेत्रमा पनि चीन धेरै अघि भएको हुनाले उद्योगहरुको मोडलमा चीनले नेपालमा उद्योगहरु खोल्ने र प्रोडक्ट चीनले आफूमार्फत निर्यात गर्न आग्रह गर्न भनेका छौँ । स्थानीय रुपमा रोजगारी सिर्जना होस् भन्ने लक्ष्य हो । फर्टिलाइजर उद्योगहरु स्थापना गर्न चीनले मद्दत गरोस् भन्ने हो । नेपाल केमिकल फर्टिलाइजरमा परनिर्भर हुन नपरोस् भन्ने हो ।’

चीन भ्रमणमा प्रधानमन्त्रीले फर्टिलाइजर क्षेत्रमा चीनबाट सहयोग माग्न आग्रह गर्न र नेपाललाई केमिकल फर्टिलाइजरमा आत्मनिर्भर बनउने बारेमा चीनसँग सहकार्य गर्न अनुरोध गरेको अध्यक्ष राउतले बताउनु भयो ।

 




भर्खरै