• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

समाजवादउन्मुख राष्ट्रको अभ्यास र अनुभूति गर्न पाएका छैनौँ: देउवा



काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल समाजवादउन्मुख राष्ट्रको अभ्यास र अनुभूति अझै गर्न नपाएको बताउनुभएको छ ।

बीपी कोइरालाको ११०औं जन्मजयन्तीको अवसरमा आयोजित बीपी साहित्य महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले संविधानमा समाजवाद उन्मुख राष्ट्र भनिए पनि अझै त्यसको अभ्यास र अनुभूति नभएको बताउनुभएको हो ।

आज नेपाली कांग्रेसले बहुदलीय शासन प्रणालीमा प्रजातान्त्रिक समाजवादलाई मूल सिद्धान्त बनाएर अघि बढिरहेको भन्दै उहाँले भन्नुभयो, “लामो समयको अन्तरालसँग आज हाम्रो मुलुक पनि बीपीले देखाएको मार्गमा अघि बढिरहेको छ । तर, स्थायित्व पाएको छैन । नेपाल समाजवादउन्मुख राष्ट्र भनेर संविधानमा लेखेका छौं । तर, अभ्यास र अनुभूति गर्न पाएका छैनौं ।