२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादउन्मुख राष्ट्रको अभ्यास र अनुभूति गर्न पाएका छैनौँ: देउवा



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल समाजवादउन्मुख राष्ट्रको अभ्यास र अनुभूति अझै गर्न नपाएको बताउनुभएको छ ।

बीपी कोइरालाको ११०औं जन्मजयन्तीको अवसरमा आयोजित बीपी साहित्य महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले संविधानमा समाजवाद उन्मुख राष्ट्र भनिए पनि अझै त्यसको अभ्यास र अनुभूति नभएको बताउनुभएको हो ।

आज नेपाली कांग्रेसले बहुदलीय शासन प्रणालीमा प्रजातान्त्रिक समाजवादलाई मूल सिद्धान्त बनाएर अघि बढिरहेको भन्दै उहाँले भन्नुभयो, “लामो समयको अन्तरालसँग आज हाम्रो मुलुक पनि बीपीले देखाएको मार्गमा अघि बढिरहेको छ । तर, स्थायित्व पाएको छैन । नेपाल समाजवादउन्मुख राष्ट्र भनेर संविधानमा लेखेका छौं । तर, अभ्यास र अनुभूति गर्न पाएका छैनौं ।