९ भाद्र २०८३, मंगलवार
,
Latest
महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नइ प्रकाशनमा कुलपति र उपकुलपतिको व्यवस्था



अ+ अ-

काठमाडौं। नइ प्रकाशनले नेपाली वाङ्‍‍मय परम्पराका साधक स्रष्टाहरूका स्थायी मूल्य र सार्वजनिक महत्त्वका अप्रकाशित प्राज्ञिक तथा सृजनात्मक कृतिहरूलाई बिक्री मूल्य नराखी प्रकाशन गर्दै आएको छ । साथै यो संस्था गैरनाफामूलक ढङ्गले सञ्चालनमा रही आएको छ ।

रजत महोत्सव समेत मनाइसकेको नइ प्रकाशन साहित्यिक तथा साँस्कृतिक संस्था भएको र यस संस्थाबाट प्रकाशित कृतिहरूमा सङ्कलित लेखका विद्वान् स्रष्टाहरूले नइलाई प्राज्ञिक संस्थाकै रूपमा व्याख्या गरी मूल्याङ्कन गरेका छन् । नइ प्रकाशन सर्वसाधारण जनसमुदायले बुझ्ने गरेजस्तो पुस्तक प्रकाशन व्यवसायी संस्था होइन ।

नइ प्रकाशनको उद्देश्य प्रकाशन व्यवसायद्वारा आयआर्जन गर्नुका सट्टा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विविध क्षेत्रका विशिष्ट प्रतिभाहरूलाई उपाधि सम्मान, पदक, पुरस्कार आदि अर्पणद्वारा प्राज्ञिक एवम् सृजनात्मक वातावरणको निर्माण तथा अभिवृद्धि गर्नु रहेको छ । तसर्थ नइ प्रकाशनका अध्यक्ष तथा उपाध्यक्ष पदलाई कुलपति र उपकुलपतिमा रूपान्तरण गर्ने नइ प्रकाशनको विशेष साधारण सभाले निर्णय गरेको छ ।

नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा नइ प्रकाशनको विशेष साधारण सभा आज सम्पन्न भएको थियो ।