२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, नर्वेमा ४० हजार बढीले हेरिसके News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध

तनहुँमा निषेधाज्ञा जारी गर्न पालिकाहरुको अनुरोध

तनहुँमा निषेधाज्ञा जारी गर्न पालिकाहरुको अनुरोध
अ अ+ अ-

तनहुँ । नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्ररुपमा फैलिएपछि तनहुँमा पनि निषेधाज्ञा गर्न स्थानीय तहहरुले अनुरोध गरेका छन् । जिल्ला समन्वय समिति तनहुँको संयोजनमा आज दमौलीमा सम्पन्न दशवटै स्थानीय तहका प्रमुखहरु सहभागी बैठकले कोरोना जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा गर्न अनुरोध गरेको हो । 

बैठकले जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिलाई निषेधाज्ञा गर्न अनुरोध गर्ने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिनुभयो ।    बैठकमा तनहुँ जिल्लाबाट निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरु कोभिड अवधिभर आफ्नो पारिवारिक कार्यक्रम (विवाह, ब्रतबन्ध, धार्मिक कार्यक्रम आदि) बाहेकको कार्यक्रममा सहभागी नहुने प्रतिबद्धता जनाएका छन् । 

जिल्लाका सबै पालिकाहरुले अक्सिजनलगायतका अत्यावश्यक स्वास्थ सामग्री औषधिलगायत अन्य सामानहरु खरिद गरी भण्डारण गरी मौज्दात राख्ने, विकास निर्माणमा जिल्लाका सबै पालिकाहरुले बाहिरबाट आउने जनशक्ति रोक्ने, नल्याउने साथै स्थानीय जनशक्ति मार्फत  विकास निर्माणका कामहरू सुचारु गर्ने, जिल्लाका सबै शिक्षण संस्थाको पठनपाठन र परीक्षा पूर्णरूपमा स्थगित गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकमा दशवटै पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायतको सहभागिता थियो ।