२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ पत्रकारको आँखामा नेपाल



अ+ अ-

काठमाडौँ । सिन्ह्वा न्यूज एजेन्सीका काठमाडौ ब्युरो प्रमुख पत्रकार झाउ सिन्पिङले करिब एक दशक नेपाल मा बस्दा देखेको अनूभुति र अनुभब लाई पुस्तकमा उतारेका छन् ।  आफ्नो नेपाल बसाईको उत्तरार्धतीर चिनियाँ पत्रकार झाउले लेखेको पुस्तकमा नेपालको राजनीति, संस्कृति, पर्यटन, अर्थतन्त्र तथा नेपाल–चीन सम्बन्धमा विभिन्न आयामहरूसमेटिएको  छ ।

चिनियाँ पत्रकारको आखाँमा नेपाल अर्थात  ‘मेण्ड अर इण्ड’मा उनले एक दशकसम्म नेपालमा  काम  गर्दा समेटिएको अनुभब , नेपाली जनजीवनसँग जोडिएको सन्र्दभलाई प्रस्तुत गरेका छन् ।  नेपालको राजनीतिक परिबर्तन ,आन्दोलन ,सामाजिक–आर्थिक विकास र नेपाली जनताका समृद्धिका आकांक्षाहरू किन पुरा हुन सकेन भनेर मिहिन ढंगबाट केलाएका छन् ।

यसै गरी पुस्तकमा नेपाल र चीनबीचको सम्बन्ध ,सन् २०१९ को अक्टोबरमा  चिनियाँ राष्ट्रपति सी जिनपिङको ऐतिहासिक नेपाल भ्रमणका , दुई देशबीचको सौहार्द र मैत्रीपूर्ण सम्बन्धको विषयमा पनि उल्लेख गरेका छन् । यसै गरी  रेमिट्यान्समा निर्भर रहँदै आएको नेपालको अर्थतन्त्रको सहि उपयोग हुन नसकेको भन्दै रेमिट्यान्समा असर पर्नेबित्तिकै देशमा ठूलै आर्थीक संकट आउन सक्ने हुदा रेमिट्यान्सको उत्पादन र रोजगारी क्षेत्रमा उपयोग गर्न सुझाब दिएका छन् ।

पुस्तकमा पत्रकार झाउले बिभिन्न समयमा नेपालका बिभिन्न ठाउमा भ्रमण गर्दाको अनुभब र तस्बीरहरु समेटेका छन् ।  पुस्तकमा पत्रकार झाउले नेपाली राजनीतिज्ञहरूलाई नेपाली जनताको सामाजिक–आर्थिक रूपान्तरणको चाहानालाई मूर्त रूप दिन पनि सुझाब दिएका छन् । यसै गरी चीन र भारतको आर्थिक रूपान्तरणबाट नेपालले दुई देशबीचको गतिशील पुल बनेर धेरै ठूलो लाभ लिन सक्ने सम्भावना रहेको तथ्यलाई स्मरण गराएका छन् ।