७ श्रावण २०८३, बिहीबार
,
Latest
मन्त्री चौधरीसँग जापानी राजदूत मायदाको भेटवार्ता नारायणी यातायात व्यवसायी सङ्घद्वारा मानवसेवा आश्रमलाई ५१ हजार सहयोग माईतीघरमा द्वन्द्वपीडितहरूको गुनासो: ‘सरकार भेट्न पाइएन’ दिपक भट्टसँग जोडिएका रिमाल पक्राउ नेपालका रैथाने उत्पादनको संरक्षणका लागि जीआई कानुन ल्याइने राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आन्तरिक राजस्व विभागमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत पक्राउ वैकल्पिक व्यवस्थापन र जग्गाको स्वामित्वको माग गर्दै सुकुम्बासीद्वारा माईतीघरमा प्रदर्शन ९औँ ग्लोबल नेपाली फिल्म अवार्ड २०२६ सिड्नी टाउन हलमा हुने त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ वार्षिकोत्सव
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाको असरः रोजगारी गुमाएर साढे ४ लाख नेपाली श्रमिक स्वदेश फर्किए



अ+ अ-

काठमाडौं । कोरोना भाइरस महामारीका कारण रोजगारी गुमाएर साढे ४ लाख नेपाली श्रमिक स्वदेश फर्किएका छन्। एक वर्ष अवधिमा ६० देशबाट ४ लाख ५३ हजार ८ सय ४७ जना फर्किएका कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको तथ्यांकले देखाएको छ। तर, यी श्रमिकलाई व्यवस्थापन गर्न सरकारले कुनै योजना ल्याएको छैन।

केन्द्रका अनुसार सबभन्दा धेरै संयुक्त अरब इमिरेट्स (यूएई) बाट फर्किएका छन्। दोस्रोमा रोजगारी गुमाएर फर्किने मुलुकमा कतार पर्छ। यूएईबाट १ लाख ४० हजार २ सय १६ र कतारबाट १ लाख ५ हजार ७ सय ७४ जना फर्किएका हुन्। मलेसियाबाट ४८ हजार ४ सय ३५, साउदी अरबबाट ४१ हजार ६ सय ६८, कुवेतबाट २३ हजार ३ सय ४१, भारतबाट ३६ हजार १ सय ९५, टर्कीबाट १३ हजार ६ सय ३४, जापानबाट १३ हजार ५ सय २५ जना फर्किएका छन्। 

सिंगापुरबाट ५ हजार ५ सय ३, ओमनबाट ५ हजार ३ सय ७६ र दक्षिण कोरियाबाट ३ हजार ५ सय ६२, चीनबाट ३ हजार ५ सय ५८, हङकङ र मकाउबाट ३ हजार १ सय ६४ जना छन्। बंगलादेशबाट २ हजार ५ सय ९५, बहराइनबाट १ हजार ३ सय ५५, अस्ट्रेलियाबाट १ हजार २ सय ४४ र माल्दिभ्सबाट १ हजार १८ जना कोभिड १९ को असज परिस्थितिका कारण स्वदेश फर्किएका हुन्।  अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।