२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमिताभ बच्चनपछि सचिन तेन्दुलकरले पाए विश्वकप हेर्न ‘गोल्डेन टिकट’



अ+ अ-

एजेन्सी । एकदिवसीय विश्वकप अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमा हुँदैछ । यस विश्वकपलाई विशेष बनाउन भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले अभियान सुरु गरेको छ ।

उसले विश्वकप हेर्न देशका प्रतिष्ठित व्यक्तित्वलाई निम्तो दिन थालेको छ । यस अभियानको नाम ‘गोल्डेन टिकट फर इन्डिया आइकन्स’ हो ।

यसअन्तर्गत विभिन्न क्षेत्रमा काम गर्ने दिग्गजलाई विश्वकप खेल हेर्न गोल्डेन टिकट दिइँदैछ । बलिउडका मेगास्टार अमिताभ बच्चनपछि क्रिकेटका भगवान भनिने सचिन तेन्दुलकरको नाम पनि यो सूचीमा थपिएको छ ।

बीसीसीआईले शुक्रबार (सेप्टेम्बर ८) मा ट्विटरमा बोर्ड सचिव जय शाहमार्फत तेन्दुलकरलाई गोल्डेन टिकट दिएको जानकारी दिएको छ ।