२५ भाद्र २०८३, बिहीबार
,
Latest
केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छः मुख्यमन्त्री आचार्य उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवद्वारा राजीनामा नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा हाम्रो पात्रो प्रयोगकर्ताबाट विपद् उद्धार कोषमा १ करोड २५ लाख सहयोग रसुवा बाढीमा मृत्यु हुनेको संख्या १,३७७ पुग्यो, ५ हजारभन्दा बढी बेपत्ता ग्यास अभावबारे मन्त्रीको अभिव्यक्तिप्रति महासंघको आपत्ति भोटेकोशी बाढीः आठ मिलियन युरो सहायता बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमिताभ बच्चनपछि सचिन तेन्दुलकरले पाए विश्वकप हेर्न ‘गोल्डेन टिकट’



अ+ अ-

एजेन्सी । एकदिवसीय विश्वकप अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमा हुँदैछ । यस विश्वकपलाई विशेष बनाउन भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले अभियान सुरु गरेको छ ।

उसले विश्वकप हेर्न देशका प्रतिष्ठित व्यक्तित्वलाई निम्तो दिन थालेको छ । यस अभियानको नाम ‘गोल्डेन टिकट फर इन्डिया आइकन्स’ हो ।

यसअन्तर्गत विभिन्न क्षेत्रमा काम गर्ने दिग्गजलाई विश्वकप खेल हेर्न गोल्डेन टिकट दिइँदैछ । बलिउडका मेगास्टार अमिताभ बच्चनपछि क्रिकेटका भगवान भनिने सचिन तेन्दुलकरको नाम पनि यो सूचीमा थपिएको छ ।

बीसीसीआईले शुक्रबार (सेप्टेम्बर ८) मा ट्विटरमा बोर्ड सचिव जय शाहमार्फत तेन्दुलकरलाई गोल्डेन टिकट दिएको जानकारी दिएको छ ।