२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, नर्वेमा ४० हजार बढीले हेरिसके News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध

छुट्टाछुट्टै घटनाका दुई पक्राउ

छुट्टाछुट्टै घटनाका दुई पक्राउ
सांकेतिक तस्बिर
अ अ+ अ-

भरतपुर । चितवनमा १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । रुपन्देहीको रोहिणी–५ घर भई हाल चितवनको राप्ती नगरपालिका–९ बस्ने ३५ वर्षीय पुरुषलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

यही वैशाख १६ गते ११ बजेको समयमा आफ्नै घरमा छोरी नाता पर्ने अन्दाजी १२ वर्षकी बालिकालाई ती पुरुषले जबर्जस्ती करणी गरेको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय खैरहनीमा लिखित जाहेरी दिएकी थिइन् । ती पुरुषलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा निजले स्वीकार गरेकाले पक्राउ गरी आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी चितवनमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका–१० शान्तिबजारस्थित लागुऔषध खैरो हिरोइनको कारोबार भइरहेको सूचना पाएलगत्तै पुगेको प्रहरीले एक युवकलाई लागुऔषधसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पूर्वी चितवनकै राप्ती नगरपालिका–८ वीरेन्द्रनगर बस्ने  ३२ वर्षीय सुजन तामाङ रहेका छन् । प्रहरीलाई देखेपछि भाग्दै गरेको अवस्थामा साँझ ६ः३० बजेको समयमा प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट लागुऔषध ९खैरो हेरोइन० छ ग्राम २४० मिलीग्राम बरामद गरेको छ । साथै उनको साथबाट प्रहरीले नगद रु ३२ हजारसमेत बरामद गर्न सफल भएको छ । उनलाई इलाका प्रहरी कार्यालय खैरहनीमा राखी थप अनुसन्धान भइरहेको छ ।