• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

आइतबार बस्ने राष्ट्रियसभाको बैठक स्थगित



file

काठमाडौँ । यही भदौ २४ गते आइतबार बस्ने भनिएको राष्ट्रियसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ ।

आइतबार बिहान ११:०१ बजेका लागि राष्ट्रिय सभाको बैठक बोलाइएको थियो । राष्ट्रियसभाका अध्यक्षले अर्को बैठकको मिति र समय निर्धारण गर्नुहुने संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रियसभामा अहिले जम्मा ३ वटा विधेयक मात्रै रहेका छन् ।अध्यागमन विधेयक विधायन व्यवस्थापन समितिमा दफावार छलफल गरि प्रतिवेदन पेश भैसकेको छ भने गृहमन्त्रीले अध्ययनका लागि समय माग्नुभएको र अध्ययन गरेर खबर नगर्नुभएका कारण पारित गर्न मात्रै बाँकी छ ।

त्यस्तै विद्युतीय कारोबारसम्बन्धी विधेयक र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक समितिमा दफावार छलफलमा रहेका छन । राष्ट्रियसभाबाट प्रतिनिधिसभामा गएका ८ वटा विधेयक फिर्ता आएका छैनन ।