५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइतबार बस्ने राष्ट्रियसभाको बैठक स्थगित



file
अ+ अ-

काठमाडौँ । यही भदौ २४ गते आइतबार बस्ने भनिएको राष्ट्रियसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ ।

आइतबार बिहान ११:०१ बजेका लागि राष्ट्रिय सभाको बैठक बोलाइएको थियो । राष्ट्रियसभाका अध्यक्षले अर्को बैठकको मिति र समय निर्धारण गर्नुहुने संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रियसभामा अहिले जम्मा ३ वटा विधेयक मात्रै रहेका छन् ।अध्यागमन विधेयक विधायन व्यवस्थापन समितिमा दफावार छलफल गरि प्रतिवेदन पेश भैसकेको छ भने गृहमन्त्रीले अध्ययनका लागि समय माग्नुभएको र अध्ययन गरेर खबर नगर्नुभएका कारण पारित गर्न मात्रै बाँकी छ ।

त्यस्तै विद्युतीय कारोबारसम्बन्धी विधेयक र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक समितिमा दफावार छलफलमा रहेका छन । राष्ट्रियसभाबाट प्रतिनिधिसभामा गएका ८ वटा विधेयक फिर्ता आएका छैनन ।