२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, नर्वेमा ४० हजार बढीले हेरिसके News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध

समृद्धि र विकासमा सर्वसाधारणलाई जोड्दै ताल

समृद्धि र विकासमा सर्वसाधारणलाई जोड्दै ताल
अ अ+ अ-

गण्डकी । तालैतालको वडाका रूपमा ख्याति कमाएको पोखरा महानगरपालिका–२६ स्थित खास्टे, न्युरेनी र गुँदे ताल यहाँका स्थानीयवासीको समृद्धि र विकासमा वरदान साबित हुँदै गएका छन् । तालले यहाँको गरिमा र महत्वलाई विश्वसामु चिनाउन योगदान गरेको छ नै यसैका माध्यमबाट यहाँका स्थानीयवासी एकताबद्ध भई समृद्धि र विकासको अभियानमा पनि जुटेका छन् । 

पछिल्लो समयमा ताल आसपासका क्षेत्र खरानेफाँट र यसका जलाधार क्षेत्रका स्थानीयवासी, युवा तथा व्यवसायीको संयुक्त पहलमा वातावरण संरक्षणका साथै समृद्धि र विकासका पहल बढिरहेको छ । यसै पहलस्वरुप २०७३ माघदेखि खास्टे ताल मत्स्य तथा कृषि सहकारी संस्था स्थापना भई आसपासका ७४५ सर्वसाधारण यसमा आबद्ध भइसकेका छन् । मत्स्य पालनले बिस्तारै व्यावसायिक रूप ग्रहण गर्दै जाँदा वार्षिक करिब रु आठ लाख रुपैयाँसम्मको आम्दानी हुने गरेको छ । सहकारीमार्फत गरिएको मत्स्यपालनले तालको दिगो संरक्षणमा योगदान पुग्नाका साथै सर्वसाधारणमा सचेतना अभिवृद्धिसमेत गरेको खास्टे तथा न्युरेनी ताल संरक्षण विकास समितिका अध्यक्ष हरि अधिकारीले बताउनुभयो । उहाँका अनुसार मासिक बचतसमेत हुने गरेको सहकारीमा वार्षिक रु दुई करोड बराबरको कारोबार हुने गरेको छ ।

वडाभित्रका तीनवटै तालका आ–आफ्नै विशिष्टता छन् । खास्टे ताल २६९ हेक्टर क्षेत्रफलमा फैलिएको छ । तालमा पानीले ढाकेको क्षेत्रफल २०० हेक्टर रहेको छ । एक दशमलव पाँचदेखि पाँच मिटर गहिराइ रहेको यो ताल रामसार क्षेत्रमा सूचीकरण भएसँगै यसको संरक्षणमा  चासो बढेको देखिन्छ । सफा पानीको तालका रूपमा रहेको यहाँ विभिन्न प्रजातिका रैथाले चराका साथै हिउँदको समयमा आउने पाहुना चरा देख्न सकिन्छ । खास्टे तालमा रहेको ज्येष्ठी तालबाराही मन्दिरमा पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।

यहाँको अर्को न्युरेनी ताल जम्मा १८ हेक्टर क्षेत्रफलमा फैलिएको छ । यस तालको १० हेक्टर क्षेत्रफल पानीले ढाकेको छ भने यसको गहिराइ एक दशमलव चार मिटर छ । त्यस्तै गुन्द्री बुन्न प्रयोग हुने एक विशेष प्रकारको गुँद नामक वनस्पति धेरै पाइने भएकाले वडाभित्रको अर्को तालको नाम गुँदे ताल रहेको छ । चराको बासस्थानका लागि उपयुक्त मानिने यो ताल ६१ हेक्टर क्षेत्रफलमा फैलिएको छ । कूल २० हेक्टर क्षेत्रफल पानीले ढाकेको यस तालको गहिराइ एक दशमलव छ मिटर रहेको छ । रामसार सूचीमा सूचीकृत भएसँगै यसको संरक्षणमा थप चासो बढ्दै गएको देखिन्छ । 

पर्यटकीय रूपमा समेत महत्वपूर्ण यी तालहरूको संरक्षणका लागि २०६६ सालदेखि खास्टे तथा न्युरेनी ताल संरक्षण समिति र गुँदे ताल संरक्षण समिति गठन गरी कामहरू अघि बढाइएको छ । संरक्षणमा विभिन्न सामाजिक सङ्घसंस्थाको आर्थिक तथा भावनात्मक सहयोगले यिनको संरक्षण र सौन्दर्यमा प्रगति हुँदै गएको छ । जैविक विवधताले सम्पन्न यी तालमा हिउँदमा साइबेरियादेखि दुर्लभ बसाइँ सर्ने प्रजातिका विभिन्न चरा आउने भएकाले चरा पर्यटनका लागि पनि उत्तिकै महत्वपूर्ण रहेको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारीले बताउनुभयो ।

ताललाई जोडेर यहाँबाट कालिकालगायतका स्थानका लागि हाइकिङको मार्ग तय गर्नाका साथै यहाँस्थित तालबाराही मन्दिरसमेतका आधारमा धार्मिक पर्यटन लगायतलाई पनि सँगसँगै अघि बढाउन सकिने उहाँले बताउनुभयो । यी तालहरूको प्रवद्र्धन र विकासलाई लक्षित गरी खास्टे तथा न्युरेनी ताल संरक्षण विकास समितिको आयोजनामा गत चैत १२ देखि २२ गतेसम्म सञ्चालित १० दिवसीय लेखनाथ खास्टेताल महोत्सव, २०७७ आयोजना गरिएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयले प्रवद्र्धन गरेको भण्डारीले जानकारी दिनुभयो ।

खास्टे, न्युरेनी र गुँदे तालको पर्यटकीय चिनारीका लागि महोत्सव महत्वपूर्ण बनेको महोत्सव प्रचारप्रसार समितिका संयोजक भीमपाणि बरालले बताउनुभयो । कोरोना सङ्क्रमणका कारण महोत्सव अपेक्षितरूपमा सफल नभए पनि यसको यहाँको पर्यटकीय चिनारीमा यसले विशेष भूमिका निर्वाह गरेको उहाँले बताउनुभयो । “तालले यहाँको प्राकृतिक सुन्दरता त बढाएका छन् नै, स्थानीयवासीको समृद्धि र विकासका लागि पनि उत्तिकै भूमिका खेलेको छन्”, बरालले भन्नुभयो, “दिगो संरक्षण र विकासको लक्ष्यका साथ अघि बढ्न सकेमा यहाँका स्थानीयवासीले यी तालबाट अधिकतम फाइदा लिन सक्ने देखिन्छ । (रासस,वासुदेव पौडेल)