एजेन्सी । कोरोना भाइरसले बलिउड क्षेत्रमा ठूलो क्षति पुर्याएको छ ।
दर्शकहरुको प्रतिक्षामा रहेका फिल्महरु पनि समयमै रिलिज नभई थुप्रै पटक रिलिज मिति सार्न बाध्य छन् । यो सूचीमा अब फरहान अख्तर अभिनित फिल्म तूफान पनि थपिएको छ ।
राकेश ओमप्रकाश मेहराको निर्देशनमा बन्दै गरेको यो फिल्म अमेजन प्राइम भिडियोमा रिलिज गर्ने बताइएको थियो ।
तर कोरोना महामारीको वर्तमान अवस्थालाई मध्येनजर गर्दै फिल्मको रिलिज स्थगित गरिएको फिल्ममेकर हरुले जनाएका छन् ।












