२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, नर्वेमा ४० हजार बढीले हेरिसके News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध

संसद् अधिवेशन अघि नै सामूहिक राजीनामा दिने मनस्थीतिमा नेपाल समूह !

संसद् अधिवेशन अघि नै सामूहिक राजीनामा दिने मनस्थीतिमा नेपाल समूह !
अ अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले गत २३ फागुनमा गरेको साबिकको नेकपालाई विघटन गर्दै एमाले र माओवादी केन्द्र ब्युँताउने फैसलासँगै माधव नेपाल समूह पुरानै पार्टीमा अर्थात् एमालेमै फर्कियो । उक्त समूहले पार्टीभित्रै संघर्ष गर्ने आफूहरु अलग नहुने बताउँदै आयो ।  

आइतबार बसेको मन्त्रीपरिषद्को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरिसक्नुभएको छ । 

गएको बैशाख ३ गते कर्णाली प्रदेशमा आफ्नै पार्टीको निर्देशनविपरित फ्लोर क्रस गरी माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको मुख्यमन्त्री पद जोगाइदिएपछि त्यसले केन्द्रमा पनि ठूलै उथलपुथल ल्यायो । 

यसरी वेशाख २७ गते संसदमा विश्वासको मत लिन तयारी अवस्थामा रहनुभएका प्रधानमन्त्री ओलीले माधव पक्षका सांसदहरुको सहयोग कति पाउनुहुन्छ भन्ने जिज्ञासा आम जनचासोको विषय बनेको छ । 

अधिवेशन आह्वान हुनुभन्दा पहिले बाहिर प्रत्यक्ष रुपमा नदेखिएपनि एकपछि अर्को गर्दै नेताहरु कारबाहीमा पर्नु, अर्को पक्षले समानान्तर कमिटी गठन गर्नुले विभिन्न प्रश्नहरु खडा गर्छ । 

यी विषयहरुमा चर्चा भइरहेको बेला एकाएक अब तेस्रो राजनीतिक रूपमा नयाँ विकल्पबारे समेत छलफल शुरू भएको छ ।

माधव नेपाल समूहमा अब तेस्रो विकल्पमाथि समेत छलफल शुरू भएको बताइन्छ । सो समूह ओलीलाई सत्ताच्यूत गर्न र उहाँकै नेतृत्वमा चुनावमा जान नदिन विपक्षी गठबन्धनलाई बहुमतमा पुर्‍याउनमा अग्रसर देखिन्छ । 

जसका लागि आजको मितिमा कम्तीमा ३० जना सांसद रहेको माधव नेपाल पक्षका थोरैमा २० जना सांसदले सामूहिक राजीनामा दिनेबारे सोमबारदेखि छलफल शुरू भएको स्रोतले बताएको छ । त्यसतर्फ जानुअघि ओलीसँग फाइनल टक गर्ने र प्रतिपक्ष दल कांग्रेसका सभापति शेरबहादुर देउवा तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पनि छलफल हुने स्रोत बताउँछ ।

अधिवेशन आह्वान हुनुभन्दा पहिले बाहिर प्रत्यक्ष रुपमा नदेखिएपनि एकपछि अर्को गर्दै नेताहरु कारबाहीमा पर्नु, अर्को पक्षले समानान्तर कमिटी गठन गर्नुले विभिन्न प्रश्नहरु खडा गर्छ । 

यी विषयहरुमा चर्चा भइरहेको बेला एकाएक अब तेस्रो राजनीतिक रूपमा  नयाँ विकल्पबारे समेत छलफल शुरू भएको छ ।

आफूहरूले विश्वासको मत दिए ओली सरकार बच्ने र नदिए पनि जसपाको एउटा पक्षको साथ पाएर ओलीले नै चुनाव गराउने परिस्थिति देखिएपछि माधव पक्षले तेस्रो विकल्पमाथि छलफल थालेको बताइन्छ । त्यसो भएमा प्रधानमन्त्री ओलीले बोलाउनुभएको अधिवेशन (बैशाख २७)  अघि नै एमाले विभाजनको प्रक्रियाको टुंगो लाग्ने देखिन्छ ।

यदि नेपाल पक्षका सांसदले राजीनामा दिएमा प्रतिनिधिसभामा कांग्रेस, माओवादी र जसपाको उपेन्द्र बाबुराम पक्षलाई बहुमत प्राप्त हुनेछ ।

सभामुखसहित २६७ सांसद रहेको प्रतिनिधिसभामा बहुमतका लागि १३४ सांसद आवश्यक पर्छ । कांग्रेससँग ६१, माओवादीसँग छक्कवहादुर लामासहित ५० र उपेन्द्र बाबुराम पक्षको कम्तीमा १६ सांसद हुने अनुमान गरिएको छ । राष्ट्रिय जनमोर्चाको एक भोट पनि विपक्षी गठबन्धनमा गएमा १२९ सिटमात्र हुन्छ ।

जसकारण माधव समूह अविश्वास प्रस्तावअघि नै प्रधानमन्त्रीले विश्वासको मत लिन खोजेपछि फ्लोर क्रस गरेर पद गुमाउनुभन्दा सामूहिक राजीनामा दिएर ओलीलाई अल्पमतमा पारेर सत्ताच्यूत गर्नका लागि विकल्पमा छलफलमा जुटेको हो ।