२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

संक्रमितको चाप बढ्दो हुँदा राम्रोसँग उपचार नपाउने अवस्था आउनसक्ने तर्फ सचेत रहन आग्रह (भिडियो सहित)



अ+ अ-

काठमाडौं । शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका स्वास्थ्यकर्मीले निषेधाज्ञाको पूर्ण पालना गरेर सहयोग गर्न अपिल गरेका छन् । अस्पतालमा कोरोना संक्रमित भएर आउनेको संख्या धान्नै नसक्ने गरी बढेकाले निषेधाज्ञाको पालना गरेर घरमै बस्न आग्रह गरेका छन् । 

संक्रमितको संख्या बढ्दै जाँदा राम्रोसँग उपचार नै नपाउने अवस्था आउनसक्ने तर्फ सचेत रहन आग्रह गरेका छन् । अस्पतालका स्वास्थ्यकर्मी संगम कक्षपतिले स्वास्थ्य सावधानीसहित घरमै बसेर कोरोना संक्रमणबाट बचिने भन्दै निषेधाज्ञाको पालना गर्न अनुरोध गर्नुभयो ।

अहिले देशैभरीका कोभिड अस्पताल र अन्य सरकारी अस्पतालमा संक्रमितको चाप बढिरहेको छ । हिजो स्वास्थ्य मन्त्रालयको तथ्यांकमा २४ घण्टामा ७ हजार ३ सय ८८ व्यक्ति संक्रमित भएका छन् भने ३७ जनाको मृत्यु भइसकेको छ । कोभिड संक्रमणको दोस्रो लहर ७७ वटै जिल्लामा पुगिसकेको छ । यसबाट सर्वसाधारण सँगै अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार धमाधम संक्रमित हुन थालेका छन् ।