• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड

भुलेर पनि यी तस्बिरहरु आफ्नो मोबाइलको ‘वालपेपर’ नराख्नुस्



एजेन्सी । आधुनिक समयमा, मोबाइल र इन्टरनेटबिना जीवन चल्न कठिन छ । आजको समयमा बिरलै कोही मानिस मोबाइलबिना रहन सक्छ । खासगरी युवामा मोबाइलको क्रेज बढी छ । मानिसहरू आफ्नो मनपर्ने वालपेपरहरूलाई आफ्नो मोबाइलमा राख्छन् ताकि त्यसबाट स्टाइलिश लुक देखियोस् ।

तर, वास्तुशास्त्रमा मोबाइल वालपेपरमा धेरै तस्बिरहरू राख्न निषेध गरिएको छ । यसलाई बेवास्ता गर्दा वास्तु दोष उत्पन्न हुन्छ । साथसाथै दिमाग र मस्तिष्कमा नकारात्मकता बढ्छ ।

फोनको वालपेपरमा भगवानको तस्बिर प्रयोग नगर्नुहोस् । यसले भगवानको अपमान गर्छ । जब तपाईं आफ्नो मोबाइल फोन बाथरूममा लैजानुहुन्छ वा फोहोर हातले मोबाइल छुनुहुन्छ त्यसबाट भगवानप्रति अपमान हुन्छ । धेरैले बाथरुम वा शौचालयमा पनि मोबाइल प्रयोग गर्छन् । त्यसैले गल्तिले पनि देवताको तस्बिर प्रयोग नगर्नुहोस् ।

कतिपयलाई आफ्नो फोनको वालपेपरमा पितृको तस्बिर राख्ने बानी हुन्छ । वास्तुशास्त्रका विज्ञहरू भन्छन्, फोहोर हातले मोबाइल चलाउँदा आफ्ना पितृको तस्बिर छोइन्छ । यसले पितृहरूलाई दुःखी बनाउँछ । साथसाथै आफ्नो पुर्खाको तस्विर बारम्बार देखेर दुखी र निराश बनाउँछ । यसका लागि फोनको वालपेपरमा पितृहरूको तस्बिर प्रयोग नगर्नुहोस् ।

आफ्नो फोनको वालपेपरमा सुख्खा रूख र काँडे झाडीका तस्बिरहरू प्रयोग नगर्नुहोस् । जसका कारण दिमाग र मस्तिष्कमा नकारात्मक उर्जा फैलिन्छ । यस्तो अवस्थामा कसैसँग कुरा गर्न पनि मन लाग्दैन ।

धेरैले आफ्नो फोनको वालपेपरमा आगोको तस्विर राख्छन् । आगलागी वा हुरीको तस्बिर घरमा पनि राख्नु हुँदैन। यसले घरमा वास्तु दोष उत्पन्न हुन्छ । त्यसैगरी मोबाइलमा यस्तो तस्बिर राख्नाले मन र मस्तिष्कमा नकारात्मक ऊर्जा फैलिन्छ ।